ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डलाई कारर्बाही गर्नुपर्छ– नेता रावल


एबीसी / संवाददाता
माघ २४, २०७८ सोमबार  ७ : ०५ बजे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कारर्बाही गर्नुपर्ने बताउनुभएको छ । पूर्वपरराष्ट्रमन्त्री समेत रहनु भएका नेता रावलले राष्ट्रको स्वाधिनता माथिनै गम्भिर आँच आउने सो सम्झौंता अनुमोदन गर्छौं भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेको भन्दै दुवै नेतालाई कारबाही गर्नुपर्ने बताउनु भएको हो । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले सो बारे छानवीन गर्न पनि समितिस“ग आग्रह गर्नु भयो । उहाँले प्रतिनिधिसभामा विचाराधिन सो विषयमा पत्राचार गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै आपत्ति जनाउनु भयो ।

नेता रावलले राष्ट्रको स्वाभिमान झुक्ने गरी प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेर कूटनीतिक क्षेत्रमा अमर्यादित व्यवहार प्रर्दशन गरेको पनि बताउनु भयो । बैठकमा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले एमसीसीजस्तो गम्भिर विषयमा खुलस्त छलफल गर्न संसद सुचारु गराउने वातावरण बनाई दिन एमाले नेता रावलसँग आग्रह गर्नु भयो । उहाँले एमसीसीको विषयलाई लिएर सरकारलाई मात्रै आलोचना गर्न नहुने पनि बताउनु भयो ।

यता, सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले एमसीसी जनमत संग्रह गरेर अनुमोदन गर्ने वा नगर्ने टुंगोमा पु¥याउनुपर्ने बताउनु भयो । उहा“ले एमसीसीले मुलुकको राष्ट्रियतामाथि प्रश्न उठाएको तथ्य नभुल्न पनि सरकार र विभिन्न पार्टीका नेताहरुलाई सचेत गराउनु भयो । समिति सभापति पवित्रा निरौला खरेलले कूटनीतिक मर्यादा विपरीत यसरी पत्र पठाउनु अशोभनीय भएको बताउनुभयो । साथै एमसीसीबारे जनस्तरमा पनि आवाज उठेकाले आगामी बैठकमा एजेण्डा नै बनाएर छलफल गर्ने उहा“ले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

सम्बन्धित

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com