काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पा“च दलीय गठबन्धनलाई चुनावसम्मै लैजानुपर्ने बताउनु भएको छ । कास्कीको पोखरामा आइतबार कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै उहा“ले गठबन्धनलाई चुनावसम्मै लैजानु पर्ने बताउनु भएको हो ।
कांग्रेसस“ग ३० प्रतिशत मात्रै मत भएको बताउ“दै नेता पौडेलले कांग्रेसभन्दा बाहिर रहेका ७० प्रतिशत मत एकै ठाउ“मा जान नदिन पनि गठबन्धन आवश्यक भएकोमा जोड दिनुभयो । उहा“ले संविधानअनुसार कुनै पार्टीले एकल बहुमत जुटाउन नसक्ने भएकाले भविष्यमा सरकार बनाउने शक्तीहरुले चुनावमा गठबन्धन बनाउन आवश्यक रहेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्