काठमाडौं । न्याय सेवा आयोगको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक्लै उपस्थित हुनुभएको छ । आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानन्यायाधीश राणाले आइतबार दिउ“सो २ बजे बस्ने गरी आयोगको बैठक बोलाउनु भएको थियो । जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको थियो । तर, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडु, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी र महान्यायाधिवक्ता खम्म बहादुर खाती उपस्थित भएनन् ।
अरु सदस्यहरु बैठकमा सहभागी नभए पनि प्रधानन्यायाधीश राणा भने आयोगको सचिवालय उपस्थित हुनुभएको थियो । मन्त्रिपरिषद्मा हिस्सा खोजेको प्रकरणले विवादित बनेयता प्रधानन्यायाधीश राणाको अध्यक्षमा पहिलोपटक गत शुक्रबार (माघ १४ गते) आयोगको बैठक बसेको थियो । उक्त बैठकमा प्रधानन्यायाधीश राणासँगै लोक सेवा आयोगका अध्यक्ष रेग्मीको भौतिक उपस्थिति थियो । बैठकमा उपस्थित नभएका वरिष्तम् न्यायाधीश कार्की र महान्यायाधिवक्ता खातीले केही निर्णयमा हस्ताक्षर गरेका थिए । तर, प्रधानन्यायाधीश राणाले पारित गराउन खोजेको जिल्ला न्यायाधीशको नतिजा सार्वजनिक गर्ने निर्णयमा भने कार्की र खातीले हस्ताक्षर गर्न मानेका थिएनन ्। शुक्रबार बसेको बैठकले न्याय÷कानुन र सरकारी वकिल समुहका सहसचिव, उपसचिवको वढुवा र पदस्थापना गर्ने कार्य गरेको थियो।
प्रतिक्रिया दिनुहोस्