भियना, २३ माघ । पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको छ ।
शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ। अस्ट्रिया-स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियन गाइड मारिएका हुन्। अधिकारीहरूले आइतबार थप हिमपहिरो हुने चेतावनी दिएका छन्। (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्