ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक’– प्रदीप ज्ञवाली


एबीसी / संवाददाता
माघ २३, २०७८ आईतबार  २ : ३८ बजे

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक भएको बताउनुभएको छ । रुपन्देहीको सैनामैनामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “आगामी जेठमा स्थानीय चुनाव हुने प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ, तर मिति तय भएको छैन, त्यसैले घोषणा नहुँञ्जेल पत्याउने अवस्था छैन ।”उमहासचिव ज्ञवाललीले प्रतिपक्षले छिटो चुनाव गर भनिरहँदा सरकारमा भएका दल चुनावबाट भागेको आरोप लगाउँदै चुनाव कम्युनिष्टका लागि अन्तिम लक्ष्य नभइ त्यसका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरण हुनसक्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी चुनावबाट सबै कुरा हिसाबकिताब गर्न चाहन्छाँै ।” नेता ज्ञवालीले एमसिसि देशको दुई पक्षीय हितमा हुनुपर्नेमा जोड दिँदै त्यसलाई माओवादीले गिजोल्ने काम गरेको आरोप लगाउनुभयो । एमाले गुल्मीका इञ्चार्ज दिनेश पन्थी र रुपन्देहीका इञ्चार्ज भूमिश्वर ढकाल लगायतले एमाले कम्युनिष्ट आन्दालेनको मूल प्रवाह भएको बताउनुभयो । विप्लव नेतृत्वको नेकपा गुल्मीका सेक्रेटरी खिम खड्का, नारायण पौडेललगायत व्यक्ति एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com