ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी संरक्षणमा चुरे दोहन


sharan sharan
पुस २४, २०७४ सोमबार  ९ : २५ बजे

पुस २४,गुल्मी
सरकारले वातावरण प्रदुषण न्यूनिकरण तथा चुरे संरक्षणका लागि भन्दै चुरे क्षेत्रमा कुनै पनि क्रसर जस्ता ठूला उद्योग संचालनमा रोक लगाएको छ । तर गुल्मीको रुरु गाउँपालिका ७ मा भने अनियमित तरिकाले क्रसर उद्योग संचालन गर्दासमेत राज्यले टुलुटुलु हेरेर बस्नेबाहेक केहि गरेको छैन ।
सरकारले चेरे क्षेत्र र नदि किनारहरुमा क्रसर उद्योग संचालनमा रोक लगाएपनि गुल्मीको रुरु गाउँपाकिलामा भने एक ठेकेदारले खुलम्खुल्ला राज्यको नितिलाई च्यालेन्ज गर्दै क्रसर उद्योग संचालन गरिरहेका छन् । गुल्मीको रिडि अर्घाखांची सडकसंगै जोडेर गैरकानुनी क्रसर उद्योग संचालन भएपनि राज्यका संयन्त्रहरुभने देखेपनि नदेखे जस्तै गरेर बसेकाछन् ।
समान्यतया कुटानी–पिसानी गर्ने मिल राख्दा पनि जग्गाको चारैतिर पर्ने जग्गावालाको साँधियारको सहमति लिनुपर्ने कानुनी ब्यवस्था भएपनि रिडिमा संचालन गरिएको क्रसरजस्तो ठूलो उद्योग संचालन गर्दा संधियारलाई जानकारी समेत दिईएको छैन । उद्योगकै छेउमा संचालनमा रहेको खाद्य उद्योगलाई उद्योग संचालनको जानकारी समेत नगराईएको उद्योगका महाप्रबन्ध सुमन बराल बताउंछन् ।
बाटो पिच गर्दा आवश्यक पर्ने निर्माणसमाग्रीका लागि २ बर्ष उद्योग संचालन गरिने सडकको समेत ठेक्का लिएका ठेकेदार भागवत गिरि बताउंछन् । आफूले क्रसर उद्योग राख्दा साँधियारकै अनुमतीमा वार्ड, गाउँपालिका कार्यालय जिल्ला प्रशासनसँग पनि कागजी सम्झौता गरेको उद्योग संचालक गिरीको दाबी छ ।
स्थानिय तहको गठन र निर्वाचन भइसकेपछि गाउँपालिकाभित्र हुने सबै कामको विवरण गाउँपालिकामा हुनुपर्छ । गिरिले अनुमती लिएको बताइरहंदा रिडिमा संचालन गरिएको क्रसर उद्योगबारे गाउँपालिकालाई कुनै जानकारी छैन । उद्योगको बारेमा एबीसी संबाददाताले सोधेपछिमात्र आफूले थाहा पाएको गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम बताउंछन् । अनुमतिबिना संचालन गरिएका त्यस्ता उद्योगलाई कारवाही गरिने गौतमको भनाई छ ।
जिल्लामा संचालन हुने कुनै पनि किसिमका विकास निर्माणका कार्यहरुको अनुगमन गर्ने दायित्व जिल्ला समन्वय समितिको हुन्छ । जिल्लामा रहेका गैरकानुनी उद्योगको अनुगमन र कारवाहिको जिम्मा पाएको जिल्ला समन्वय समितीका अधिकार भने सडक कार्यलयसँग सम्बन्धित विषय भएपनि ठेकेदारले बेच्न नपाउने तर आफूले काम गरुञ्जेलसम्म क्रसर उद्योग संचालन गर्न पाउने तर्क गर्छन् । जिल्ला समन्वय समितिका प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको यो भनाईले ठेकेदार कम्पनिसंगको मिलोमतोको अशंका समेत उत्पन्न गराएको छ ।
सरकारले रोक लगाएका यस्ता उद्योग संचालनमा आएसँगै वातावरणिय प्रदुषण बढ्नुका चुरे दोहनको बाटो समेत खुल्ला गरेको छ । सधैभरी ठेकेदारको रकमबाट प्रभावित हुने सरकारी कर्मचारी र तिनका निकायले अब यस उद्योगलाई के गर्छन भन्ने हेर्न बाँकि नै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com