ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लामा सुरु भयो कोभिड–१९ विरुद्धको तेस्रो खोप


एबीसी / संवाददाता

हुम्ला, १६ माघ । कोभिड–१९ विरुद्धको पहिलो तथा दोस्रो डोजको खोप लगाइसकेका यहाँका जनतालाई तेस्रो खोप लगाउन यही माघ १४ गतेदेखि स्वास्थ्यकर्मी खटाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सातवटै गाउँपालिकाका सर्वसाधारणालाई खोप लगाउन स्वास्थ्यकर्मी खटाएको हो ।

हिमपातका बीच गाउँगाउँमा गएर तेस्रो डोजको खोप लगाउनका लागि स्वास्थ्यकर्मीहरू खटाइएको छ । जिल्लामा कोभिडसिल्ड १४ हजार ४०२, भेरोसिल्ड २० हजार ८००, जोनसोन एक हजार १००, एस्ट्राजेनेका तीन हजार ८९० र मोडर्ना ३७० खोप आइसकेको छ । तेस्रो डोजको खोप लगाउने कार्य सुरु भइसकेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । नेपाली सेना, नेपाली प्रहरी, नेपाली सशस्त्र प्रहरी बल, कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरू गरी ३०० जनामा तेस्रो खोप लगाइसकेको र जोसुकैलाई पनि हुम्ला जिल्ला अस्पतालमा तेस्रो खोप लगाउनका लागि खुला गरिएको छ । त्यसैगरी हुम्ला जिल्लाको उत्तरी सिमानाको नाम्खा गाउँपालिका–५ र ६ मा भने अत्यधिक हिमपात भएका कारणमा त्यसतर्फ स्वास्थ्यकर्मीहरूलाई पठाउन कठिनाइ भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

सुर्खेतमा मिटरब्याजका ४२ मुद्दा दर्ता, ठगी हुनेमा अधिकांश महिला

कर्णालीमा शिक्षण सिकाइ उपलब्धि कमजोर

मुगु हिमपहिरो : जुम्लाका तीन जनाको मृत्यु (अपडेट)

हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com