ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुम्लामा एक दशकमा १० हजार जनसङ्ख्या वृद्धि


एबीसी / संवाददाता

खलङ्गा, १५ माघ । राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लामा एक दशकमा १० हजार ४५६ जनसङ्ख्या वृद्धि भएको छ । जुम्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लाको जनसङ्ख्या एक लाख १९ हजार ३७७ रहेको छ । विसं २०६८ मा जुम्लाको जनसङ्ख्या एक लाख आठ हजार ९२१ रहेको थियो । जिल्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसङ्ख्या चन्दननाथ नगरपालिकाको रहेको छ । सबैभन्दा कम जनसङ्ख्या गुठीचौर गाउँपालिकाको रहेको छ । चन्दननाथ नगरपालिकाको जनसङ्ख्या २० हजार ९७३ रहेको छ । त्यहाँ पुरुष १० हजार ४७५ र महिला १० हजार ४९८ रहेका छन् । नगरपालिकाभित्र पाँच हजार ३६७ परिवार संख्या छ । यस्तै गुठीचौर गाउँपालिकाको जनसङ्ख्या १० हजार ८९१ रहेको छ । त्यहाँ पुरुष पाँच हजार ३४४ र महिला पाँच हजार ५४७ छन् । गुठीचौरको परिवार सङ्ख्या दुई हजार ४५१ रहेको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ ।

यस्तै हिमा गाउँपालिकाको जनसङ्ख्या १२ हजार ८०४ छ । पुरुष ६ हजार ३८८ र महिला ६ हजार ४१६ छन् । त्यहाँको परिवार सङ्ख्या दुई हजार १०४ रहेको छ । कनकासुन्दरी गाउँपालिकाको जनसङ्ख्या १३ हजार ६८७ छ । पुरुष ६ हजार ८०७ र महिला ६ हजार ८८० छन् । पातारासी गाउँपालिकाको जनसङ्ख्या १६ हजार ८८१ छ । पुरुष आठ हजार ३४९ र महिला आठ हजार ५३२ छन् । पातारासीको परिवार सङ्ख्या तीन हजार ३७४ रहेको राष्ट्रिय जनगणना, २०७८ मा उल्लेख छ । सिञ्जा गाउँपालिकाको जनसङ्ख्या १२ हजार ७५५ छ । पुरुष ६ हजार ५६१ र महिला ६ हजार १८३ छन् । सिञ्जामा परिवार सङ्ख्या दुई हजार ४२७ रहेको छ ।

यस्तै तातोपानी गाउँपालिकाको जनसङ्ख्या १५ हजार ७२१ रहेको छ । पुरुष सात हजार ७२८ र महिला सात हजार ९९३ छन् । परिवार सङ्ख्या तीन हजार ३२१ रहेको छ । तिला गाउँपालिकाको जनसङ्ख्या १४ हजार ६९२ छ । पुरुष सात हजार २६१ र महिला सात हजार ४३१ छन् । परिवार सङ्ख्या दुई हजार ६६६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

सुर्खेतमा मिटरब्याजका ४२ मुद्दा दर्ता, ठगी हुनेमा अधिकांश महिला

कर्णालीमा शिक्षण सिकाइ उपलब्धि कमजोर

मुगु हिमपहिरो : जुम्लाका तीन जनाको मृत्यु (अपडेट)

हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com