ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मास्क अभियानलाई प्रभावकारी बनाउन सिडियो र एसपी नै सडकमा


एबीसी / संवाददाता

जनकपुरधाम । धनुषामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले त्यसको रोकथाम तथा न्यूनीकरण गर्न मास्क अभियानलाई प्रभावकारी बनाउन सक्रिय भएको छ ।

मास्क अभियानलाई प्रभावकारी बनाउन शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा धनुषामा प्रहरी उपरीक्षक बसन्त रजौरे, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठसहितले जनकपुर बजारमा आफैँले मास्क वितरण गर्नुभएको छ । प्रमुख जिल्ला अधिकार पौडेल, उपरीक्षक रजौरेसहितले बजारमा घुमिघुमी मास्क नलाएकाहरूलाई मास्क उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

‘कोरोनाभाइरसको महामारी बढ्दै गएको छ, तपाईं मास्क लगाएर मात्र घरमा निस्कनु होस्, उपरीक्षक रजौरेले बाटोमा विना मास्क लगाएर हिड्नेलाई मास्क दिँदै भने, ‘मास्क लगाउने बानी बसाल्नुहोस्, त्यसले मसहित अन्य व्यक्तिको पनि स्वास्थ्य सुरक्षाको हिसावले राम्रो हुन्छ । मास्क नलगाएर सार्वजनिक स्थलमा हिँड्डुल गरेमा प्रहरीले जरिबाना काट्छ र पटक पटक यस्तो गल्ती दोहोर्‍याएमा अन्य कारबाही पनि गर्छ ।’

जिल्ला प्रशासनले मास्क नलगाउनेलाई अब १०० रूपैयाँ जरिबाना तिराउने निर्णय गरेको छ । संक्रमण बढ्दै गए पनि सर्वसाधारणहरूमा मास्क नलगाउने प्रवृत्ति देखिएपछि स्थानीय प्रशासनले कडाइ गर्ने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, १२ जेठ । काठमाडौं– बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। आजको सदनमा राट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत

प्रदेश सांसदलाई मेयरमा पत्याएनन् जनताले : प्रदेश सांसदबाट राजीनामा दिएर मेयर उठेका ८ मध्ये ६ जना पराजित

काठमाडौं, १२ जेठ ।  प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा मेयर उम्मेदवार भएका ८ जनामध्ये ६ जना पराजित भएका छन्।प्रदेश १ को प्रदेशसभाबाट राजीनामा

७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता

काठमाडौं, १२ जेठ । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर,

सम्बन्धित

अध्यक्ष ओलीसँग उपेन्द्र यादवद्वारा भेटवार्ता

सिन्धुलीका डोरबहादुर विश्वकै होचा किशोरको रुपमा विश्व कीर्तिमान

पत्रकारबाट वडा अध्यक्ष बनेका आचार्यको पहिलो काम अपाङभत्ता दिने सिफारिस

नेपालगञ्ज उपमहानगरपालिकाको सपथ ग्रहणमा अपमान गरेको जनप्रतिनिधिको आरोप

दाङका ९ पालिकाका नवनिर्वाचित प्रमुखले लिए सपथ

विष्णु पौडेलको वडामा ३० वर्षपछि कांग्रेसका उम्मेदवार विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...