काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा१ ० हजार ७०३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८८१५ जना र एन्टिजन परिक्षण गर्दा ४ हजार ४७४ जना गरि जम्मा १० हजार ७०३ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ७६६ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९१.४ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३५ रहेको छ ।
पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाले कोरोना परिक्षण गरेका थिए भने तीन लाख ७ हजार ४०१ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्