काठमाडौं । आयोगको बिहीबार बसेको बैठकले सबै लिखित परीक्षाहरु माघ ११ देखि मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । आयोगले कोरोना महामारीका कारण सबै लिखित परिक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित गरेको छ । यस्तै, फागुन १ देखि सञ्चालन हुने लिखित परीक्षा समेत कम्तिमा ७ दिनको पूनस्तालिकीकरण गरी यथाशीघ्र सञ्चालन गरिने सूचनामा जनाइएको छ ।
लिखित परीक्षा बाहेका आयोगका पूर्वनिर्धारित कार्यहरु यथावत रुपमा सञ्चालन गर्ने जनाएको छ । देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबावमा थियो ।








प्रतिक्रिया दिनुहोस्