ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पचास प्रतिशतले लगाए कोभिड–१९ विरुद्धको पूर्ण खोप


एबीसी / संवाददाता

जनकपुर । मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण ९दोस्रो मात्रा० खोप लगाएका छन् । पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बढ्दै गएको कोरोना सङ्क्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको हो । गत पुस २५ सम्म दोस्रो मात्रा खोप लगाउने १८ वर्षमाथि उमेर समूहको सङ्ख्या ३८ प्रतिशतमात्र रहेकामा पछिल्लो दुई साताको अवधिमा त्यो सङ्ख्या बढेर करिब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक विजय झले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्ण खोप लगाउनेको सङ्ख्या सर्लाहीमा ६३ दशमलव तीन, धनुषामा ५२ दशमलव छ, बारामा ५३ दशमलव छ, पर्सामा ५१ दशमलव एक, सप्तरीमा ४७ दशमलव सात, सिरहामा ४६ दशमलव आठ, रौतहटमा ३९ दशमलव छ र महोत्तरीमा ३६ दशमलव छ प्रतिशत पुगेको छ । यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्रा मत्र खोप लगाउनेको सङ्ख्या भने करिब ५९ प्रतिशत छ । त्यसमध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत रहेको निर्देशक झाले बताउनुभयो । उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहका भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा खोप लगाउनेको सङ्ख्या बढी छ । निर्देशक झाका अनुसार मधेश प्रदेशमा १२ देखि १७ वर्ष उमेर समूहका करिब ६२ दशमलव दुई प्रतिशतले खोप लगाइसकेका छन् । “यो सङ्ख्या प्रदेशगत हिसाबले तेस्रो हो”, उहाँले भन्नुभयो, “यसरी हेर्दा हामी बालबालिकालाई खोप लगाउनेमा तेस्रो प्रदेश भएका हौँ । यसलाई अझै गति दिन निरन्तर प्रयास भइरहेको छ । ”सरकारले २०७८ पुस मासन्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा मधेश प्रदेशमा सो लक्ष्य पूरा हुन नसके पनि विगतको भन्दा अहिले खोप लगाउनेको दरमा वृद्धि भएको जनाइएको छ । यस्तै पुसको दोस्रो सातादेखि सङ्क्रमणको ग्राफ विस्तारै बढ्दै जाँदा जोखिमी बढेको देखिएको हो । प्रदेशको आठवटै जिल्लामा हिजो एकै दिन २०० नयाँ सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पछिल्लो दुई दिनको अवधिमा प्रदेशमा ४०७ नयाँ सङ्क्रमित थपिएका छन् । हिजो एकैदिन प्रदेशभरि २०७ नयाँ सक्रमित थपिँदा धनुषामा ९१, सप्तरीमा ६५, सिरहामा २६, सर्लाहीमा आठ, बारामा १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यसअघि अस्ति मङ्गलबार एकै दिन सप्तरीमा ६३, धनुषामा ५१, सिरहामा ३३, बारामा १६, सर्लाहीमा दुई र सबैभन्दा कम पर्सामा एकजना गरी २०० नयाँ सङ्क्रमित थपिएका थिए ।

योसँगै प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या करिब ८९० पुगेको छ । सङ्क्रमितमध्ये तीन जनाको पर्सा जिल्ला अस्पतालको आइसीयूमा र दुई जनाकोे सिरहा अस्पतालमा उपचार भइरहेको तथा बाँकी सङ्क्रमित एकान्त बासमा रहेको निर्देशक झाले बताउनुभयो । पछिल्लो तीन दिनमा कोरोना सङ्क्रमणका कारण धनुषा र सप्तरीमा एक–एक महिलाको मृत्यु भएकोे थियो । यस्तै कोरोना महामारी सुरु भएयता यस प्रदेशमा कोरोना सङ्क्रमणबाट हालसम्म ३९ हजार ५६८ सङ्क्रमित हँुदा उपचारपश्चात ३७ हजार ६३६ घर फर्किएका छन् भने एक हजार ४२ को मृत्यु भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । कोरोना सङ्क्रमणको ग्राफ पहिलो र दोस्रो लहरकै झै बढ्दै गए पनि सङ्क्रमितमा अघिल्लो सङ्क्रमणको जस्तो स्वास्थ्य जटिलता भने नदेखिएको चिकित्सकले बताएका छन् । “मङ्सिरको अन्तिमदेखि पुसको दोस्रो सातासम्म कोरोना सङ्क्रमणदर स्थिर थियो”, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका डा रञ्जितकुमार झाले भन्नुभयो, “तर पछिल्लो केही सातादेखि दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, यो खतराको सङ्केत हो तर अहिलेसम्म धेरैमा त्यस्तो जटिलता देखिएको छैन तर स्वास्थ्य मापदण्ड पालना नगरेमा कोरोना सङ्क्रमण अझै फैलिन सक्ने तथा ठूलै समस्या उत्पन्न हुनसक्ने सम्भावना छ।” “एकातिर छिमेकी मुलुक भारतमा तीव्रगतिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ भने अर्कोतर्फ उताबाट दैनिक सयौँको सङ्ख्यामा नेपालीहरू घर फर्किरहेकाले कोरोना सङ्क्रमण भयावह हुनसक्छ”, डा झाले भन्नुभयो, “यस्तो दयनीय अवस्था आउन नदिन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले नाकामा निगरानी र स्वास्थ्य परीक्षणमा कडाइ गर्नु जरुरी छ ।”

साथै सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन र खोपलाई तीव्रता दिनु आवश्यक छ । यता कोरोनाको तेस्रो लहर आउन सक्ने जोखिमलाई दृष्टिगत गरी धनुषा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले स्वास्थ्य सर्तकतामा कडाइ गर्ने निर्णय गरेको छ । भारतीय सीमासँगै जोडिएको सीमानाकामा हेल्थ डेक्स स्थापना गरी एन्टिजेन विधिबाट स्वास्थ्य जाँच गर्न निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । जिल्लाको जनकनन्दनी गाउँपालिकाको इनर्वा, खजुरी गाउँपालिकाको महुवास्थित भारतीय सीमानाकामा हेल्थ डेक्स स्थापना गरिसकेको र नगराइन गाउँपालिकाको जटहीमा हेल्थ डेक्स स्थापना गर्ने तयारी भइरहेको उहाँकोे भनाइ थियो । यसबाहेक अग्रपङ्क्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलगायतलाई बुस्टर डोज खोप लगाउने तयारी भइरहेको जानकारी दिँदै प्रजिअ पौडेलले माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य लागू गराउन जिल्लास्थित सबै निकायलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो । मधेश प्रदेशमा कोरोना सङ्क्रमितको उपचारका लागि १५ शय्या, अस्पतालमा ३४६ आइसोलेशन शय्या, १९२ एडीयू शय्या, ९१ आइसीयू शय्या, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ थान अक्सिजन सिलिन्डर मौज्दात रहेको निर्देशनालयले जनाएको छ । यस्तै प्रदेशभर१२ वटा पिसीआर परीक्षण उपकरणबाट कोभिड–१९ जाँच हुँदै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com