काठमाडौं, २४ पुस । राष्ट्रपति विद्या भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सरकारसँग आग्रह गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सरकारका हरेक निर्णय जनतालाई सहज हुनेगरी आउने विश्वास समेत व्यक्त गर्नु भयो । प्रदेश प्रमुखको नियुक्ती र त्यसको मुकाम तोक्ने विषयमा औपचारिक जानकारी गराउन सोमबार विहान राष्ट्रपति भवन सितल निवास पुग्नु भएका प्रधानमन्त्री देउवालाई उहाँले संविधानको परिधि भित्र रहेर सरकारले आफ्नो काम कार्वाहीलाई अघि बढाउने विश्वास समेत व्यक्त गर्नु भएको थियो । जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न राष्ट्रपतिले सुझाव दिनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनु भयो । त्यस क्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाको निर्वाचनको तयारीको विषयमा पनि राष्ट्रपति भण्डारीलाई औपचारिक जानकारी गराउनु भएको थियो ।
सरकारले सम्बन्धित प्रदेशसभाले मात्रै प्रदेशको राजधानी तोक्ने पाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै हाललाई अस्थायी मुकाम तोक्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्