ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कटारीको त्रिवेणी धाममा पाँच हजारले मकर नुहाए


एबीसी / संवाददाता

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कमला नदीको पवित्र त्रिवेणी धाममा आज बिहान माघे सङ्क्रान्तिको अवसरमा पाँच हजारभन्दा बढी भक्तजनले मकर नुहाएर पूजा–आराधना गरे । कोभिड पुनः तीव्ररुपमा फैलन थालेको भन्दै कटारी नगरपालिका र स्थानीय प्रशासनले त्रिवेणी मेला आयोजनामा रोक लगाए पनि मकर नुहाउन तथा पूजा गर्नका लागि आज बिहान ४ बजेदेखि नै छिमेकी जिल्ला सिरहा, धनुषा तथा सिन्धुली र उदयपुरका भक्तजन भेला भएका स्थानीय समाजसेवी केदार धमलालले बताउनुभयो ।

बिहानदेखि १० बजेसम्ममा पाँच हजारभन्दा बढी भक्तजन त्रिवेणीमा नुहाएर पूजाआजा गरेको उहाँको भनाइ थियो । सबैभन्दा धेरै भक्तजन सिरहा र सिन्धुलीबाट आएको कटारी अर्का स्थानीयवासी विष्णुप्रसाद दाहालको भनाइ थियो । दिउसो पनि त्रिवेणी नदी किनारमा ठूलो सङ्ख्यामा भक्तजन आउनेक्रम जारी रहेको छ ।

देशभर कोरोना तीव्ररुपमा फैलिन थालेपछि त्रिवेणीमा प्रत्येक वर्ष लाग्दै आएको १५ दिने मेला यसपटक सञ्चालन नगरिएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार त्रिवेणीमा दर्शन गर्न र मकर नुहाउन भक्तजन आउने गरेका कारण सामाजिक दूरी कायम गर्दै पूजा आराधना गर्न सुझाव दिइएको थियो ।

प्रदेश नं १ कै महत्वपूर्ण धामका रुपमा यस धामलाई लिइन्छ । विगतका प्रत्येक वर्ष माघे सङ्क्रान्तिका समयमा यो धाममा छिमेकी जिल्ला सिरहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, पर्सा र बारासहित सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गासहित सुनसरी, मोरङ र झापाबाट समेत ठूलो सङ्ख्यामा भक्तजन मकर नुहाउन आउने गरेको स्थानीय बृद्ध पुण्यप्रसाद ढुङ्गानाले बताउनुभयो । यसैगरी छिमेकी देश भारतको विहार, जयनगर दरभङ्गा र पश्चिम बङ्गालको दार्जिलिङ, कालिम्पोङ, खरसानसहित स्थानबाट पनि थुप्रै भक्तजन त्रिवेणीमा आउने गरेका थिए ।

माघे सङ्क्रान्तिमा मात्र नभई माघ महिनाभर नै देशरभरिका भक्तजन त्रिवेणी आउने गरेको नगर उपप्रमुख भीमकुमारी राउतले जानकारी दिनुभयो । कमला नदी र तावा खोलाको सङ्गमस्थलका रुपमा रहेको त्रिवेणी धामको पानीले नुहाउँदा शरीरमा रहेको विभिन्न चर्मरोग निको हुने र पूजा तथा आरधना गर्दा चिताएको पुग्नेसमेत जनविश्वास रहिआएको कटारी बजारका अर्का बृद्ध दुर्गाबहादुर श्रेष्ठले उल्लेख गर्नुभयो।त्रिवेणीधाममा कमलेश्वर महादेव, शिद्धिगणेश र महालक्ष्मीलगायत अन्य देवी–देवताका मन्दिर छ ।
बाजेबाबुका पालादेखि त्रिवेणी धाममा मकर नुहाएर पूजापाठ गर्ने परम्परागत प्रचलनका कारण प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा यस क्षेत्रका बासिन्दाले मेला भर्ने गरेको रिस्कुकाका दानबहादुर दनुवारको भनाइ थियो ।यसपटक त्रिवेणी मेला आयोजना नभए पनि माघे सङ्क्रान्तिको बिहानैदेखि मकर नुहाउनेको घुइँचो थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com