ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एकजुट हुनुपर्छ– प्रधानमन्त्री देउवा


एबीसी / संवाददाता
माघ १, २०७८ शनिबार  २ : २७ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।प्रमुख प्रतिपक्ष नेकपा एमालेले शनिबार कोभिड नियन्त्रणका विषयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले सबै मिलेर कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई परास्त गर्नुपर्ने बताउनुभएको हो । “कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एकजुट हुनुपर्छ”, उहाँले भन्नुभयो, “सबैको सहकार्य र एकताबाट नै कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।”

प्रधानमन्त्री देउवाले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै सङ्क्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको उललेख गर्दै आफूले सरकारको नेतृत्व गरेपछि कोभिड–१९ विरुद्धको खोप लगाउने सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको र खोप लगाउन योग्य नागरिक सबैलाई पूर्ण मात्राको खोप लगाउने गरी सरकार अघि बढेको बताउनुभयो ।

प्रधानमन्त्री देउवालाई नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागले बुझाएको ध्यानाकर्षण पत्रमा जनस्वास्थ्यको मापदण्डलाई लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान सञ्चालन गर्न, खोपकेन्द्रको सङ्ख्या वृद्धि गरी सबै उमेर समूहका नागरिकलाई तत्काल खोप उपलब्ध गराउन, राज्यका निकाय एवम् कूटनीतिक क्षेत्रको सक्रियता बढाउन, खोपको आपूर्ति तथा प्रयोगका प्रबन्ध मिलाउन र पर्याप्त भण्डार केन्द्र स्थापना गर्न सरकारसँग आग्रह गरिएको उल्लेख छ ।

तीनै तहका सरकारको समन्वयमा कोभिड–१९ विपत् व्यवस्थापन कार्य सञ्चालन गरी सीमा क्षेत्रमा जाँच र होल्डिङ सेन्टरको व्यवस्थापन गरी सञ्चालन गर्न, थप स्वास्थ्य जनशक्ति परिचालन गरी उनीहरूलाई प्रोत्साहन प्याकेजको व्यवस्था गर्न, स्थानीय तह र स्थानीय स्वास्थ्य इकाइसम्म स्रोतसाधन र जनशक्ति पर्याप्तमात्रामा उपलब्ध गराउनसमेत एमालेले सरकारसँग आग्रह गरेको छ । यसैगरी ध्यानाकर्षण पत्रमा कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि राज्यको सबै संयन्त्र तथा राजनीतिक दललाई समन्वयात्मक रुपमा परिचालन गर्र्न, सरकारी तथा निजी अस्पताल र मेडिकल कलेजलाई पनि समन्वयात्मक रुपमा परिचालन गर्न, पालिकास्तरमा जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा टे«सिङ, परीक्षण, उपचार र खोपका लागि घुम्ती टोली परिचालन गर्न सरकारसँग आग्रह गरिएको छ ।

यस्तै आवश्यकताअनुसार पुनःस्थापना केन्द्र सञ्चालन गर्न, औषधि, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको सहज आपूर्ति र भण्डारणको व्यवस्था गर्न, अस्पतालको स्तर वृद्धि गरी थप सेवा सञ्चालन गर्न, बुस्टर डोजको व्यवस्था तत्काल मिलाउन, राज्यका विभिन्न निकाय, स्वदेशी तथा विदेशी विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग समन्वय र साझेदारीमा कोभिड–१९ सम्बन्धी अनुसन्धानात्मक कार्यक्रम अघि बढाउनसमेत एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै कोभिड–१९ बाट मृत्यु भएकाको आश्रित परिवार ९गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्ग र अशक्त० लाई पुनःस्थापनाको व्यवस्था गर्न, स्थानीय तहलाई विशेष जिम्मेवार बनाई साधन स्रोत र जनशक्ति उपलब्ध गराउन तथा दीर्घरोग, अत्यावश्यक स्वास्थ्य तथा नियमित स्वास्थ्य सेवा सञ्चालनमा राख्न पनि एमालले सरकारसँग आग्रह गरेको छ । एमालेले कोभिड–१९ का कारण विभिन्न क्षेत्रमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न विशेष आर्थिक योजना कार्यान्वयन गर्न, वैकल्पिक रोजगारीको प्रबन्ध मिलाउन, विदेशमा कार्यरत नेपालीको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित मुलुकसँग पहलकदमी लिनसमेत सरकारसँग आग्रह गरेको छ ।

स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई, स्थायी कमिटी सदस्य खगराज अधिकारी, नेता कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई लगायतको प्रतिनिधिमण्डलको टोलीले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सरकार ११ कमजोरीसमेत औल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

सम्बन्धित

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com