काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीस“ग सिधा वार्ता गरेर सीमा विवाद टुंग्याउन सरकारस“ग आग्रह गर्नुभएको छ । नेपाल मुस्लिम संघ स्याङजाले बुधबार आयोजना गरेको स्वागत, बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधनका गर्दै गुरुङले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे भारतीय प्रधानमन्त्री मोदीस“ग सिधा वार्ता गरेर विवाद टुंग्याउन सरकारलाई आग्रह गर्नुभएको हो ।
राष्ट्रियताका सन्दर्भमा, राष्ट्रिय स्वाधीनताका सन्दर्भमा ढिला गर्नु नहुने बताउ“दै उहा“ले छिटोभन्दा छिटो भारतलाई कुटनीतिक नोट पठाएर, कुटनीतिक पहल गरेर सिधा वार्ता गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस र पा“च दलीय गठबन्धनको सरकारले नेपाली भूमिमा भारतीय सडक निर्माणबारे कुनै प्रतिक्रिया नदिएको सन्दर्भमा हिलोपटक कांग्रेस उपसभापति गुरुङको सार्वजनिक अभिव्यक्ति आएको हो । डेढ साताअघि उत्तराखण्डमा एक सार्वजनिक समारोहमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूमि लिपुलेक हु“दै निर्माण भइरहेको सडक अझै फराकिलो बनाएर मानसरोवरसम्म पु¥याउने घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्