काठमाडौं । पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको हटस्पट बन्दै गएपछि काठमाडौं जिल्ला प्रशासनले संक्रमण व्यवस्थापन र रोकथामको दुई प्रकारको रणनीति लिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले संक्रमण नियन्त्रण र रोकथामका लागि १८ बु“दे आदेश जारी गरेको उल्लेख गर्दै त्यसको औचित्य भीडभाडजन्य क्रियाकलापको न्यूनिकरण, जनस्वास्थ्यका मापदण्डहरुको पालनालाई प्रभावकारी बनाउने रहेको बताउनुभयो । ति विषयहरुमा अनुगमनलाई पनि प्रभावकारी बनाउने र आमरुपमा नागरिकहरुमा स्वास्थ्य मापदण्ड पालनाका लागि आह्वान गर्दै आम नागरिकको सहयोग प्राप्त गर्ने वातावरण बनाउने प्रशासनको उद्देश्य रहेको उहा“को भनाइ छ ।
अर्कोतर्फ कोभिडको संक्रमण र त्यसबाट प्रभावित व्यक्तिहरुलाई समयमा उपचार, समयमा त्यसको व्यवस्थापनका कुराहरुमा अस्पतालहरु, स्वास्थ्य युनिटहरु, स्वास्थ्य संस्थाहरुको अहिले जुन कोभिडको संक्रमण दर बढ्दै गएपछि अक्सिजन सिलिण्डरहरु, बेडहरु, लगायतका स्वास्थ्य सामग्रीहरुको उपलब्धता, त्यसको भण्डारण र त्यसलाई थप अपडेट गराइराख्नका लागि प्रशासन क्रियाशील भएको उहा“ले बताउनुभयो । त्यसैगरी सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुलाई कोभिडका उपचारका लागि आवश्यक पर्ने तयारीका साथ रहन सो सम्बन्धी व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन पनि हिजोको डिसीसीएमसीको बैठकले थप निर्णय त्यो पनि गरेको उल्लेख गर्दै उहा“ले संक्रमण फैलिन नदिनका लागि एकप्रकारको निर्देशनात्मक आदेशहरु प्रवाह भइरहेको बताउनुभयो ।
यसैगरी सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएको सन्दर्भमा उहा“ले अहिले काठमाडौं उपत्यकाका करिब ९० प्रतिशत नागरिकले खोप लगाइसकेको अवस्था रहेको बताउनुभयो । बा“की १० प्रतिशतलाई एकहप्ता भित्रमा खोप लगाइसक्ने लक्ष्यका साथ माघ ७ गते पछाडी मात्रै खोप कार्डको व्यवस्था लागु गरेको स्पष्टीकरण उहा“ले दिनुभयो ।
खोप कार्डको अनिवार्यताले खोप लगाउन छुट भएका व्यक्तिहरुलाई खोप लगाउन प्रेरित गर्ने र खोप लगाइसकेका व्यक्तिहरुले पनि आफ्नो खोप अभिलेख आफुस“ग राख्ने र त्यसले भोली जुनसुकै प्रयोजनमा पनि त्यसलाई प्रयोग गर्ने यो दुई वटै कामको प्रयोजनका लागि पनि खोप कार्डको व्यवस्था अगाडी सारिएको उहा“ले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्