ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एमालेले प्रदेश अधिवेशन सर्‍यो


एबीसी / संवाददाता
पुस २७, २०७८ मंगलबार  ३ : २६ बजे

काठमाडौं । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन आगामी माघ २८ र २९ का लागि सारिएको जानकारी दिनुभयो । मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो । यता, जिल्ला अधिवेशन सुरु भएको पाँचौ दिनसम्म आइपुग्दा ५२ जिल्लाको नेतृत्व चयन भएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्र र प्रदेशबाट तल्लो तहसम्म सर्कलुर जारी गर्दा पनि केही जिल्लाको नेतृत्वमा आँकाक्षीबीच सहमति जुट्न नसक्दा मतदानबाट नेतृत्व चयन भएको हो ।

हालसम्म कपिलवस्तुबाट डम्मर शर्मा, पश्चिम नवलपरासीबाट दिपेन्द्र अधिकारी, ताप्लेजुङबाट भुपेन्द्र थेबे, बागलुङका हिरा केसी र प्युठानका विजयविराज विष्ट निर्वाचनको प्रक्रियाबाट अध्यक्षमा निर्वाचित भएका छन् । दैलेख, कास्की, जाजरकोटलगायतका जिल्लामा मतदान भइरहेको र केही जिल्लामा नेताहरु सहमति जुटाउनमै केन्द्रीत बन्दा उद्घाटन भएका बन्दसत्र सुरु भएको छैन । अध्यक्ष सर्वसम्मत भएका केही जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् । प्रदेश २ मा सप्तरीबाहेक अन्य ७ जिल्लामा अधिवेशनले गति पाउन सकेको छैन । केही जिल्लामा केन्द्रीय तहका नेताहरुको अघोषित प्रतिस्पर्धाले नेतृत्व चयनमा सकस पर्दै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

आफ्नै अभिव्यक्तिले घेरिए रास्वपा सांसद, बालेनको बचाउ गर्दा पुराना भाषण भाइरल

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

चिनिया राष्ट्रपति सीले ट्रम्पलाई सुनाएको ‘थुसिडाइड्स ट्र्याप’के हो ?

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com