ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानसँग वार्ता गरी माग पूरा गर्न महतोको माग


एबीसी / संवाददाता
पुस २४, २०७८ शनिबार  ३ : ०४ बजे

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले किसानसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ  । तराईमा मलखाद्यदेखि बिउविजनसम्म मागेर किसानहरु आन्दोलित भएका बेला सरकारले दमन गरेको भन्दै उहाले आपत्ति समेत जनाउनुभएको छ  ।

 

शनिबार विज्ञप्ति जारी गरेर महतोले भन्नुभएको छ, ‘विगत दुई सातादेखि मलखाद, बिउविजन, सिचाई, उखु किसानको भुक्तानीलगायतको माग राख्दै जारी किसान आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकारले गरिरहेको दमनको घोर भत्र्सना गर्दछु ।’ किसानहरु सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापनसहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको उहाको  ठहर छ ।

 

महतोले वर्षौदेखिको समस्याहरु लिएर चिसो मौसममा सडकमा उत्रिन बाध्य भएका किसानहरुको मागको समर्थन र आन्दोलनप्रति ऐक्यबद्धता पनि व्यक्त गर्नुभएको छ  । साथै पक्राउ परेका किसान नेताहरुलाई तत्काल रिहा गरी वार्ता संवादमार्फत किसानहरुको माग पुरा गर्न सरकारसँग अनुरोध गर्नुभएको छ  ।

आन्दोलनका क्रममा घाइते भएका किसानहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको व्यवस्था गर्न माग गर्नुभएको  छ  ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com