ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाख्रामा कृत्रिम गर्भाधान सफल


admin
असार २७, २०७४ मंगलबार  ४ : ५५ बजे

बनेपा, २७ असार । काभ्रेपलाञ्चोकमा बाख्रामा पनि कृत्रिम गर्भाधान सफल देखिएको छ । कृत्रिम गर्भाधान गरिएकामध्ये करिब ६० प्रतिशतमा सफल भएको पाइएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो ।

प्रजननमा विकृत अवस्था पनि आउनसक्ने र यसका धेरै कारण हुनसक्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार जिल्लाको कोशीपारि क्षेत्रका विभिन्न स्थानलाई प्राथमिकतामा राखेर सापिङमा बाख्राको कृत्रिम गर्भाधान केन्द्र स्थापना गरिएको र त्यहाँबाट धेरै बाख्रापालक कृषकले कृत्रिम गर्भाधानको सुविधा लिएका छन् ।

कोशीपारिको कात्तिके देउराली, माझिफेदा, पोखरीचौरी, सापिङलगायतका क्षेत्र बाख्रापालनका लागि पकेटक्षेत्र मानिन्छ । कृत्रिम गर्भाधान सफल देखिएपछि जिल्लामा पछिल्लो समय बाख्रामा कृत्रिम गर्भाधान गर्नेको बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा १५७ बाख्रामा र आव २०७३÷७४ मा ८२८ बाख्रामा कृत्रिम गर्भाधान गरिएको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलले जनाएको छ । जिल्लामा कुल बाख्राको संख्या लाख एक हजार ८८२ रहेको छ ।

त्यस्तै गाईभैँसीमा पनि कृत्रिम गर्भाधानप्रतिको आर्कषण बढ्दो छ ।
आर्थिक वर्ष २०७१÷७२ मा २० हजार २५६ र आव २०७२÷७३ मा २६ हजार १३० गाईमा कृत्रिम गर्भाधान गरिएको छ ।

आर्थिक वर्ष २०७१÷७२ मा दुई हजार ९७४ र आव २०७२÷७३ मा तीन हजार ८७२ भैँसीमा कृत्रिम गर्भाधान गरिएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा २५ हजार ५०१ गाईमा कृत्रिम गर्भाधान भएको छ भने पाँच हजार १०३ भैँसीमा कृत्रिम गर्भाधान भएको छ । जिल्लामा गाईको संख्या एक लाख ४४ हजार ३८९ र भँैसीको संख्या एक लाख ३५ हजार २५६ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com