काठमाडौं, । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारको नामावली आज सार्वजनिक गर्दैछ।
बिहीबारदेखि उम्मेदवारको मनोनयन पत्र जाँचबुझ गरेको आयोगले आज दिउँसो ३ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन ।
माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। भोलि उम्मेदवारलाई नाम फिर्ताको समय दिइनेछ ।
पुस २५ गते अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्