ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश राजधानीको मुद्दाले देउवालाई सकस , आज बस्ने मन्त्रिपरिषदको बैठक अलमलमा


एबीसी न्यूज
पुस २४, २०७४ सोमबार  ९ : ४७ बजे

काठमाडौं, २४ पुस । राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार छाड्ने अडानमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा यति वेला प्रदेश राजधानीको मुद्धाले अप्ठ्यारोमा परेका छन् । राष्ट्रियसभा चुनावअघि प्रदेशको राजधानी र प्रदेश प्रमुख तोक्नुपर्ने संवैधानिक व्यवस्थालाई सम्बोधन गर्न नसक्दा उनि अप्ठ्यारोमा परेका छन्।

फायल फोटो

प्रदेशको राजधानी नतोकी प्रदेश प्रमुख मात्रै तोक्ने तयारी गरेपछि एमाले लगायत दलले बिरोध गरेका र यसो गर्नु संघीयताको मर्म विपरीत हुने आवाज बढेपछि देउवा लाई थप सकस परेको छ । यही अलमलले आज सोमबार बस्ने भनिएको मन्त्रिपरिषद बैठकको टुंगो लाग्न सकेको छैन ।

संविधान अनुसार प्रदेशको स्थायी राजधानी टुंग्याउने काम प्रदेशसभाको हो । सरकारले अस्थायी राजधानी टुंगो लगाउन सक्ने संविधानमा उल्लेख गरेको छ । अस्थायी राजधानी र प्रदेश प्रमुख टुंगो लागेपछि प्रदेशसभाका सांसदले सम्बन्धित प्रदेश कार्यालयबाट शपथ ब्यवस्था रहेको छ । त्यसपछि मात्रै राष्ट्रियसभा चुनावमा उनीहरुले मत दिन पाउँछन् । राष्ट्रियसभाको चुनाव माघ २४ गतेका लागि तय भैसकेको छ । माघ २४ गते राष्ट्रियसभा चुनाव हुने भएपछि एक दुई दिनभित्रै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको टुंगो लगाइसक्नुपर्ने बाध्यता छ ।

राष्ट्रियसभा चुनावको मिति घोषणा अघि नै सरकारले प्रदेशको अस्थायी राजधानी टुंग्याउने गृहकार्य गरेको थियो । यसअनुसार सातवटै प्रदेशको अस्थायी राजधानी रहने ठाउँबारे अध्ययन पनि भैसकेको थियोे । मन्त्रिपरिषद बैठकमा छलफल हुनुअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र शहरी विकास मन्त्रालयले अस्थायी राजधानी रहने ठाउँबारेको प्रस्ताव सार्वजनिक गरेपछि ठाउँठाउँमा आन्दोलन चर्किन थालेपछि प्रदेश राजधानी तोक्न बाट सरकार पछाडी हटेको हो ।
आफ्नो ठाउँमै राजधानी हुनुपर्छ भन्ने स्थानीय बासिन्दाको मागमा दलका शक्तिशाली नेता, प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित जनप्रतिनिधि र अरु सरोकारवालाले पनि आआफ्नो अनुकूल अनुसार ‘लबिङ’ तीव्र पारेपछि सरकार झनै अप्ठ्यारोमा पर्‍यो ।

त्यसैले अस्थायी राजधानी तोक्नैपर्ने बाध्यता संविधानले नदिएको भन्दै सरकारले अहिलेलाई प्रदेश प्रमुख मात्रै नियुक्त गर्ने र प्रदेशको अस्थायी राजधानी काठमाडौंमै रहनेगरी अर्को तयारी थाल्यो । यसअनुसार प्रदेशसभाको पहिलो बैठक काठमाडौंमै बस्ने र त्यही बैठकले प्रदेशको राजधानी तोक्नेगरी सरकारले गृहकार्य अगाडि बढाएको छ।
प्रदेशको राजधानी तोक्दा पनि बिरोध हुने, नतोक्दा पनि बिरोध हुने भएपछि अर्को विकल्पबारे सरकारले छलफल अगाडि बढाएको छ । हाललाई उच्च अदालत रहेकै ठाउँमा प्रदेशसभा सदस्यको शपथ गराउने गृहकार्यमा सरकार लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com