काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले दिएको अधिकार बा“डफा“डको विषयमा केन्द्र सरकार र प्रदेश सरकारबीच विवाद देखिएको बताउनुभएको छ । बुधवार गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको ‘गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका कानूनहरुको जानकारी सम्बन्धी गोष्ठी’ मा बोल्दै मुख्यमन्त्री पोखरेलले केन्द्र सरकार र प्रदेश सरकारले प्रयोग गर्ने अधिकारको सम्बन्धमा विवाद देखिएको बताउनुभयो । संविधानले दिएको केन्द्र र प्रदेश सरकारको साझा र एकल अधिकारको सम्बन्धमा विवाद देखिने गरेकाले केन्द्र र प्रदेश सरकारले पाउनुपर्ने अधिकारहरुको सम्बन्धमा परिमार्जन गरेर अगाडी बढ्नुपर्ने उहा“ले बताउनुभयो । उहा“ले प्रदेश सरकारले कानूनहरु बनाएको भए पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले संघीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले प्रदेश सरकारलाई सक्षम बनाउनुपर्ने बताउनुभयो । केन्द्र सरकारले केन्द्रमा धेरै र प्रदेश तथा स्थानीय सरकारमा कम बजेट छुट्याउने गरिएको उल्लेख गर्दै उहा“ले वित्तिय संघीयतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहा“ले केन्द्र सरकार प्रदेश सरकार र स्थानीय तहप्रति अनुदार भएको टिप्पणी गर्नुभयो । मुख्यमन्त्री पोखरेलले प्रहरी र कर्मचारी केन्द्र सरकारको मातहतमा रह“दा प्रदेशमा काम गर्न कठिन भएको पनि बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्