ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकतालाई गति दिएर मात्र ओली उपचारको लागी थाइल्यान्ड जाने


एबीसी न्यूज

काठमाडौं,२४ पुस । एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई मूर्त रूप दिन दुई छुट्टाछुट्टै कार्यदल बनाएर गृहकार्य गर्ने भएका छन् ।
एकता संयोजन समितिबाट कार्यदल गठन भएलगत्तै एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य उपचारको सिलसिलामा पुस २६ मा थाइल्यान्ड प्रस्थान गर्दै छन् । र बैंककस्थित बुमरुङगार्ड अस्पतालमा स्वास्थ्य परीक्षणपछि ओली एक सातापछि स्वदेश फर्किनेछन् ।
वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यदलको गृहकार्यपछि एकतालाई अन्तिम रूप दिने आइतबार समझदारी भएको हो ।

 

ओलीनिवास बालकोटमा दुई नेताबीच एक सातापछि डेढ घण्टा छलफल भएको छ । पछिल्लोपटक ओली र प्रचण्डबीच १६ पुसमा प्रचण्ड निवास खुमलटारमा एकता केन्द्रित रहेर छलफल भएको थियो । नयाँ सरकारको नीति तथा कार्यक्रम तय गर्ने विषयमा पनि एकता संयोजन समितिमा छलफल गर्ने दुई नेताको समझदारी छ ।
‘दुवै कार्यदलमध्ये एउटाले एकीकृत पार्टीका लागि सैद्धान्तिक–वैचारिक खाका तयार पार्नेछ भने अर्कोले केन्द्रदेखि तल्लो तहसम्मका दुवै पार्टी कमिटीको समायोजन र भ्रातृसंगठनहरूको समायोजनको मोडालिटी बनाउनेछ । ‘दुवै पार्टीबाट मिलाएर सानो टिम रहेको कार्यदल बनाउने समझदारी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
एकता प्रक्रियाका विषयमा विभिन्न मोडालिटीमा छलफल गर्दै आएका ओली र प्रचण्ड आन्तरिक गृहकार्यपछि संयुक्त कार्यदल बनाउने निष्कर्षमा पुगेका छन् ।
ओलीले यसबीचमै नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, निकट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल लगायतसँग सुझाब लिएका थिए ।
त्यस्तै, प्रचण्डले पनि नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, जनार्दन शर्मालगायतसँग अनौपचारिक छलफल गरेका थिए । कार्यदलले एकताको सैद्धान्तिक र सांगठनिक मोडालिटी तयार पारेपछि मात्रै सरकार र पार्टीको नेतृत्वबारे अन्तिम टुंगो लगाउने भएको छ ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने करिब निश्चित भए पनि पार्टी नेतृत्व कसरी टुंग्याउनेबारे दुई नेताबीच निरन्तर संवाद चल्दै आएको छ ।

सैद्धान्तिक र वैचारिक तथा सांगठनिक एकताको ‘मोडालिटी’का विषयमा दुवै पार्टीका दोस्रो तहका नेताहरूबीच पनि अनौपचारिक छलफल चलिरहेको छ ।
एमालेबाट विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुनलगायत नेताहरूले अनौपचारिक तहमा ‘मोडालिटी’का विषयमा अनौपचारिक छलफल चलाउँदै आएका छन् ।

यद्यपि, अनौपचारिक छलफलकै विषयलाई कार्यदलमार्फत अन्तिम रूप दिएर एकता संयोजन समितिबाट अन्तिम टुंगो लगाउने नेताहरूको समझदारी छ ।

पार्टी एकता र समसामायिक राजनीतिक विषयमा छलफल गर्न दुवै दलले सोमबार आज स्थायी समिति बैठक बोलाएका छन् ।

आन्तरिक छलफलपछि एकता समिति संयोजन समितिको बैठकबाट अन्तिम निर्णय गर्ने ओली र प्रचण्डबीच समझदारी छ । प्रचण्डका अनुसार दुवै पार्टीले आन्तरिक निर्णय गरेपछि मंगलबार एकता संयोजन समितिको बैठक बस्नेछ । ‘आन्तरिक छलफलपछि एकता संयोजन समितिको बैठकमार्फत केही दिनभित्र एकता प्रक्रिया निष्कर्षतिर पुग्नेछ,’ प्रचण्डले भने । समितिमा एमालेबाट अध्यक्ष ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल छन्। त्यस्तै, माओवादी केन्द्रबाट प्रचण्डसहित नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन् । आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

६ महिनापछि बोलाइयो काठमाडौँ महानगरको कार्यपालिका बैठक

सम्बन्धित

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com