काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले कोभिड १९ को नयाँ भेरिएन्टबाट बच्नका लाथि थप सर्कतता अपनाउँदै पूर्व तयारी अवस्था रहन निर्देशन जारी गरेको छ ।
स्वास्थ्य सेवा विभागले आज देशभरीका स्थानीय तल, जिल्ला स्वास्थ्य कार्यालय तथा ७ प्रदेशका स्वास्थ्य निर्देशनालयहरुको नाममा सर्तकता अपनाउन निर्देशन जारी गरेको हो । निर्देशनमा विभागले हाल सम्म पनि कोरोना महामारीको जोखिम कायमै रहेको हुनाले त्यसमा पनि नयाँ ओमिक्रोन भेरिएन्ट नेपालमा भित्रिनुले थप सतर्कता अपनाउँदै पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ । विभागले सीमा नाकामा रहेका प्रवेश विन्दुहरुबाट प्रवेश गर्ने यात्रुहरुलाई प्रोटोकल अनुसार परिक्षण, खोप लगाउन छुटेकाले खोपको प्रयोगमा बृद्धि तथा जनस्वास्थ्यको मापदण्डहरु पूर्ण पालना गर्न गराउन निर्देशन जारी गरेको छ ।








प्रतिक्रिया दिनुहोस्