ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शीतलहर पीडितलाई सहयोग गर : उपराष्ट्रपति पुन


एबीसी न्यूज
पुस २३, २०७४ आईतबार  ७ : ०८ बजे

काठमाडौँ–उपराष्ट्रपति नन्दबहादुर पुनले तराईका शीतलहर पीडितलाई सहयोग गर्न सरकारलाई आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘पूर्ण खोप सुनिश्चित हाम्रो महानगरपालिका’ घोषणासभामा उपराष्ट्रपति पुनले शीतलहरका कारण तराईका नागरिकले कष्टपूर्ण जीवन भोग्नुपरेकाले तत्काल स्वास्थ्यकर्मीको टोली पठाएर सहयोग गर्नका लागि आग्रह गर्दै नागरिकलाई गुणस्तरीय सेवा दिनु सरकारको दायित्व रहेको बताए ।

सबै नागरिकले सस्तो र सरल तरिकाबाट सेवा प्राप्त गर्न पाउने अधिकार संविधानमा नै उल्लेख गरिए पनि व्यवहारमा लागू हुन नसक्नु दुःखको विषय रहेको बताउँदै उनले भने, “नेपालका अधिकांश जनता चेतनाका अभावले रोगबाट ग्रसित हुनुपरेको हुँदा गाउँ गाउँसम्म पुगेर उनीहरुलाई चेतना दिलाउनु पनि आवश्यकताको विषय हो ।”

स्वास्थ्य तथा जनसंख्यामन्त्री दीपक बोहराले वि।सं २०१७ मा नेपाललाई पूर्ण खोप सुनिश्चित गर्ने सरकारको लक्ष्य पूरा नभए पनि पछिल्लो समय बाल मृत्युदरमा भने कमी आएको जानकारी दिँदै खोप सेवा प्राप्त गर्नु सबै बालबालिकाको अधिकार हो भने उक्त सेवा दिनु स्वास्थ्यकर्मीको मुख्य काम भएको बताए ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले प्रदान गर्दै आएको ११ रोगको १६ खोप लिनका लागि नागरिक आफैँ पनि जागरुक हुनुपर्ने बताए । कार्यक्रममा कामपाका ३२ वटै वडाका ५०० स्वास्थ्य स्वयंसेविका र १५० स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । हालसम्म नेपालका ७८ प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप प्राप्त गर्नसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com