ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी महाधिवेसन : अध्यक्षमा पुनःप्रचण्ड नै दोहोरिने निश्चित


एबीसी / संवाददाता
पुस १४, २०७८ बुधबार   ७ : २१   बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेसनमा प्रचण्डलाई अध्यक्षमा टक्कर दिने कोही देखिएका छैनन् । यसो हु“दा अध्यक्षमा पुनः प्रचण्ड नै दोहोरिने निश्चित जस्तै भएको छ । जारी आठौं महाधिवेशनमा पदाधिकारीका आकांक्षी धेरै देखिएका छन् । विशेषगरी माओवादीको पदाधिकारीमा पनि महासचिवमा समीकरण मिलाउन सकस छ । महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र कृष्णबहादुर महराको दावी छ । यस्तै महिलातर्फबाट पम्फा भुसाल पनि यो दौडमा रहनुभएको छ । यस्तै उपाध्यक्षमा को हुने र शीर्ष नेता नारायणकाजी श्रेष्ठलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि उत्तिकै पेचिलो छ ।

यद्यपि नारायणकाजी श्रेष्ठ बरिष्ठ नेतामा लगभग विर्विवाद नै हुनुन्छ । कोषाध्यक्ष भइसकेका हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, दीनानाथ शर्मा, देवेन्द्र पौडेल, शशि श्रेष्ठ, मातृका यादव, शक्ति बस्नेत, महेन्द्र बहादुर शाहीलगायतका नेताहरुको पनि पदाधिकारीमा आकांक्षा छ । उनीहरुले पदाधिकारीका विभिन्न पदमा आकांक्षा देखाएपनि समीकरण र वरियता अनुसारको जिम्मेवारी पाउने नेताहरुको भनाइ छ । त्यसो त केन्द्रीय समितिमा विशेष गरी खस आर्य क्लष्टर मिलाउन कठिन छ । तर आठौं महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमै मंगलवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी क्लष्टरको आधारमा युवा, मुस्लिम, महिला, जनजाति लगायतको प्रतिशत र कमिटी बनाउ“दा संविधानमा व्यवस्था गरिए अनुरुप समानुपातिक प्रतिनिधित्व हुनेगरी गर्ने र त्यसको निम्ति तयारी गर्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

यस्तै महाधिवेशन प्रतिनिधिले पदाधिकारी हलबाटै चयन गर्न माग गरेका छन् । कर्णाली प्रदेशबाट आफ्नो समूहको सुझाव पेश गर्दै बिमला केसीले बन्दसत्र चलिरहेको हलबाटै अध्यक्ष सहितका पदाधिकारी चयन गर्न माग गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group