काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेसनमा प्रचण्डलाई अध्यक्षमा टक्कर दिने कोही देखिएका छैनन् । यसो हु“दा अध्यक्षमा पुनः प्रचण्ड नै दोहोरिने निश्चित जस्तै भएको छ । जारी आठौं महाधिवेशनमा पदाधिकारीका आकांक्षी धेरै देखिएका छन् । विशेषगरी माओवादीको पदाधिकारीमा पनि महासचिवमा समीकरण मिलाउन सकस छ । महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र कृष्णबहादुर महराको दावी छ । यस्तै महिलातर्फबाट पम्फा भुसाल पनि यो दौडमा रहनुभएको छ । यस्तै उपाध्यक्षमा को हुने र शीर्ष नेता नारायणकाजी श्रेष्ठलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि उत्तिकै पेचिलो छ ।
यद्यपि नारायणकाजी श्रेष्ठ बरिष्ठ नेतामा लगभग विर्विवाद नै हुनुन्छ । कोषाध्यक्ष भइसकेका हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, दीनानाथ शर्मा, देवेन्द्र पौडेल, शशि श्रेष्ठ, मातृका यादव, शक्ति बस्नेत, महेन्द्र बहादुर शाहीलगायतका नेताहरुको पनि पदाधिकारीमा आकांक्षा छ । उनीहरुले पदाधिकारीका विभिन्न पदमा आकांक्षा देखाएपनि समीकरण र वरियता अनुसारको जिम्मेवारी पाउने नेताहरुको भनाइ छ । त्यसो त केन्द्रीय समितिमा विशेष गरी खस आर्य क्लष्टर मिलाउन कठिन छ । तर आठौं महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमै मंगलवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी क्लष्टरको आधारमा युवा, मुस्लिम, महिला, जनजाति लगायतको प्रतिशत र कमिटी बनाउ“दा संविधानमा व्यवस्था गरिए अनुरुप समानुपातिक प्रतिनिधित्व हुनेगरी गर्ने र त्यसको निम्ति तयारी गर्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
यस्तै महाधिवेशन प्रतिनिधिले पदाधिकारी हलबाटै चयन गर्न माग गरेका छन् । कर्णाली प्रदेशबाट आफ्नो समूहको सुझाव पेश गर्दै बिमला केसीले बन्दसत्र चलिरहेको हलबाटै अध्यक्ष सहितका पदाधिकारी चयन गर्न माग गर्नुभएको हो ।







प्रतिक्रिया दिनुहोस्