काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताउनु भएको छ । अध्यक्ष लिङ्देनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा औंल्याउनु भयो । स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहा“ले राजसंस्था नहु“दा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गर्नुभयो ।
अध्यक्ष लिङदेनले देशलाई अन्य देशको खतराबाट टार्न समेत राजसंस्था अनिवार्य रहेको तर्क गर्नु भयो । राजा वीरेन्द्रले २०४६ सालमा अन्य देशस“ग झुक्नुभन्दा राजनीतिक दलका नेताहरुस“ग सम्झौंता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको बताउ“दै उहा“ले स्वर्गीय राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको उल्लेख गर्नु भयो । अध्यक्ष लिङदेनले राजनीतिक दलका नेताहरुभन्दा राजा बढी देशभक्त हुन्छन भन्ने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपिन कोइरालाले पनि मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकीर गर्नुभयो । उहा“ले स्वर्गीय राजा वीरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गराउनु भयो ।







प्रतिक्रिया दिनुहोस्