ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर महानगरलाई पर्यटकीय नगरका रुपमा अघि बढाइने – मन्त्री भुसाल


एबीसी / संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन विकासमा पछि परेका वडालाई समेत ध्यानमा राखी योजना अघि बढाइने बताउनुभएको छ ।

महानगरपालिकाको ‘१०३ आँै स्थापना दिवस’ को अवसरमा उहाँले पुल्चोक क्षेत्रसरह विकासमा पछि परेका खोकना अनि बुङ्मती तथा हरिसिद्धिलगायत वडालाई पनि उत्तिकै विकासमा अघि बढाउन आफूहरु लागि परेको बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “महानगरपालिकामा कसरी धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी छ । यहाँ रहेका मूर्त तथा अमूर्त सम्पदाले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्न सफल भए नमूना नगर हुनेछ ।” महानगरलाई उज्यालो नगर बनाउने निर्णयअनुरुप नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरिने पनि उहाँले जोड दिनुभयो । ललितपुर क्षेत्र नं ३ का प्रदेशसभा सदस्य राजकाजी महर्जनले महानगरलाई सांस्कृतिक नगरका रुपमा विकास गर्न आफूहरु लागि परेको बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले महानगरमा रहेका कूल जनसङ्ख्यामध्ये ८२ प्रतिशतलाई कोरोनाको खोप उपलब्ध गराइएको उल्लेख गर्नुभयो ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफू निर्वाचित भएर आएपछि यहाँका ७० पाटीपौवा निर्माण गरिसकेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाभित्र प्रसस्तै मात्रामा मठमन्दिर २०७२ सालको भूकम्पले जिर्ण बनाएकामा धेरैजसो पुनः निर्माण गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा महानगरपालिकामा २५ वर्षसम्म सेवा गर्ने कर्मचारी र उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो भने कोरोनाबाट मृत्यु भएका सबै वडाका एक–एक परिवारलाई रु एक लाख २० हजार सहयोग र ए डिभिजनमा पुगेको सातदोबाटो युथ क्लबलाई रु २० लाख प्रदान गरिएको थियो

महानगरमा सफाइलगायत कार्य गर्न विसं १९७५ मा छेमडोल अड्डा स्थापित भएकामा २००९ सालमा ललितपुर नगरपालिका, २०१८ मा ललितपुर नगरपञ्चायत २०४७ मा पुनःललितपुर नगरपालिका, २०५२ मा उपमहानगरपालिका भएर यससँग जोडिएका अन्य १० वडालाई मिलाएर २०७३ चैत १० गते महानगरपालिका घोषणा गरिएको जानकारी गराइएको थियो। हाल यस महानगरमा २९ वडा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com