ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपल्लो डोल्पावासी घरभित्रै नाकाबन्दी, हिमपातका कारण खोप कार्यक्रम प्रभावित


एबीसी / संवाददाता
पुस १, २०७८ बिहीबार  ५ : ५५ बजे

जाजरकोट । पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षाविहीन अवस्थामा पुगेको छ । उपल्लो डोल्पाका तीन वटा पालिकामा रहेका प्रहरीचौकी ज्यान जोगाउने भन्दै सदरमुकाम दुनैमा सारिएपछि उपल्लो डोल्पा सुरक्षाविहीन भएको हो ।

सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भएपछि दुनै झारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । “प्रहरीचौकी रहेका घर रित्ता छन् । प्रहरी सदरमुकाम दुनै आइसकेका छन्”, दुनैका प्रेमा गुरुङले भन्नुभयो । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा रहेका प्रहरी चौकी सदरमुकाममा झारिएसँगै उपल्लो डोल्पा सुरक्षाका हिसाबले जोखिममा परेको छ । जिल्लामा सबैभन्दा बढी चोरी, निकासी तथा पैठारी हुने ठाउँमध्येमा उपल्लो डोल्पा पर्दछ । बहुमूल्य जडीबुटी, जङ्गली जनावर तथा पुराना बुद्धका मूर्ति चोरी हुनेक्रम रोकिएको छैन । प्रहरी चौकी नै नभएपछि झन् चोरी गर्नेको मनोबल बढ्ने पक्का भएको छ । तीन पालिकामा २१ वडा प्रहरीविहीन छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार छार्का ताङसुङ गाउँपालिकाको कागकोट प्रहरीचौकी र शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ प्रहरी चौकीको प्रहरी उपल्लो डोल्पामा रहेका छन् । अहिले सदरमुकाम दुनैबाट नै उपल्लो डोल्पाको सुरक्षा दिने गरेको डोल्पाका प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । डोल्पो बुद्ध गाउँपालिकाको धो र टाक्सी, शे–फोक्सुण्डो गाउँपालिकाको निजालगुम्बा, भिजेर र रापको प्रहरीचौकीका प्रहरी जिल्लामा गाभिएका छन् ।

डोल्पा सबैभन्दा ठूलो जिल्ला हो । स्थानीय तहको सहयोग पाएको भए प्रहरीचौकी उपल्लो डोल्पामै राख्ने सकिने डिएसपी थापाले बताउनुभयो । “अहिले पनि सहयोग त पाइएको छ, अझै यो भन्दाबढी सहयोगको अपेक्षा हामीले गरेका थियौँ”, उहाँले भन्नुभयो । उपल्लो डोल्पामा बस्नका लागि अहिलेका समयमा लत्ताकपडादेखि चश्मा, बुट चाहिने गर्दछ जो प्रहरीसँग अहिले छैन उहाँको भनाइ छ । अहिले उपल्लो डोल्पामा भारी हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँमा जानसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

हिमपातले रोकियो कोभिड र नियमित खोप

उपल्लो डोल्पामा भारी हिमपात भएसँगै नियमित सञ्चालन हुने खोपदेखि कोभिडविरुद्ध लगाउने खोपसमेत रोकिएको छ । मङ्सिरदेखि चैतसम्म खोप बन्द हुने स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमुख अमरसिंह शाहीले जानकारी दिनुभयो ।

त्यस्तै बर्थिङ सेन्टरसमेत बन्द हुँदा यहाँ घरमै सुत्केरी हुने गरेको पाइएको छ । तीन पालिकामा बर्थिङ सेन्टरसमेत नरहेको उहाँले बताउनुभयो । सबै उपल्लो डोल्पाका महिला घरमै असुरक्षितरुपमा सुत्केरी हुने गरेको शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com