काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रचारप्रसारका लागि टा“गिएका सामग्रीहरु हटाइएको छ ।
बुधबार महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टा“गिएका प्रचारप्रसार सामग्री केन्द्रिय प्रचारप्रसार समितिले हटाएको हो । कांग्रेस सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएस“गै प्रचारप्रसारका लागि टा“गिएका सामग्रीहरु हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली का“ग्रेसका नेता विश्वप्रकाश शर्माले बताउनु भयो । उहा“ले प्रचारप्रसारका लागि टा“गिएका ब्यानरलगायतका सामग्रीहरुको सरसफाई थालिएको बताउनु भयो । पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र श्रृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टा“गिएका प्रचारसामग्री हस्तान्तरण गरेर सरसफाई गरिएको हो ।
यसअघि कांग्रेस प्रविधिमैत्री हुन नसक्दा महाधिवेशनका उम्मेदवारहरुको पर्चा पम्प्लेटदेखि, ब्यानर र पार्टीको झण्डा आदि ईत्यादीले भृकुटीमण्डप परिसरमात्र होइन सिंगै महानगरको मुहार कुरुप देखिए भन्दै एवीसी टेलिभिजन लगायतका सञ्चार माध्यमले समाचार सामग्री प्रसारण गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्