काठमाडौं । नेकपा एमाले को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज अध्यक्ष केपी शर्मा ओलीबाट सपथ लिएका छन् । एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका झापास्थित बीए एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं, अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर, भूगोलबाट छुटेका पर्वतका पदम गिरी लगायतले स्मृति प्रतिष्ठान च्यासल पुगेर शपथ ग्रहण गरेका छन् ।
मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू हुनुहुन्छ भने ३७ जना नयाँ हुनुहुन्छ । यही मङ्सिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट सदस्य मनोनयन भएको थियो ।








प्रतिक्रिया दिनुहोस्