काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्री पदमा चुनाव लड्ने उम्मेदवारको नाम टुंगो लगाउनुभएको छ।
देउवा समूहको शनिबार बालुवाटारमा बसेको बैठकले सहमहामन्त्रीको नाम टुंगो लगाउनुभएको हो। सहमहामन्त्रीमा जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार बन्ने भएका छन्।
यस्तै पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवार टुंगो लागेको एक नेताले जानकारी दिनुभयो । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाको टिमबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेका छन् ।







प्रतिक्रिया दिनुहोस्