काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर २ सय ३६ जना कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्याa मन्त्रालयको अनुसार ९ हजार १ सय ७८ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ३६ जना संक्रमण पुष्टि भएको हुो । यसैगरी आज एकजना संक्रमितको मृत्यु भएको छ। योसंगै नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ५५३ जनाले ज्यान गुमाइसकेको मन्त्रालयले जनाएको छ ।
यस्तै आज ३ सय ७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार ८ सय ८३ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस्