ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाधिवेशन प्रतिनिधिका कारण राजधानीका अधिकांश होटल भरिभराउ


एबीसी / संवाददाता
मंसिर २५, २०७८ शनिबार  ३ : ४३ बजे

काठमाडौं । नेपाली कांग्रेसको १४औैँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् । यही मङ्सिर २४ गतदेखि काठमाडाँैमा कांग्रेसको महाधिवेश सुरु भएको छ ।

कांग्रेसले महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका तीन ठाउँमा होटलको व्यवस्था गरेको छ । सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिए पनि तारे होटल, पर्यटकीय होटलदेखि सामान्य होटलसमेत प्रतिनिधि, पर्यवेक्षकका साथै शुभेच्छुकले भरिएका छन् । आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेका अनुसार करिब चार हजार प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएका छन् । महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गरिएको छ । महाधिवेशन आयोजनास्थल भृकुटीमण्डप आसपास मात्र होइन, प्रतिनिधि बस्ने होटल आसपास पनि उम्मेदवारका प्रचार सामग्री झुण्ड्याइएका छन् । सुन्धारा, ठमेल र गौशाला क्षेत्रका बाटाबाटामा प्रचार सामग्री देख्न सकिन्छ । कोरोना महामारी जोखिम कायमै रहे पनि होटल व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर प्रतिनिधिलाई खानेबस्ने प्रबन्ध मिलाएका छन् ।

लामो सयम कोरोना महामारीका कारण समस्यामा परेका होटल व्यवसायीले महाधिवशेनका कारण थोरै भए पनि राहत महसुस गरेका छन् । एकता होटल व्यवसायी सङ्घका उपाध्यक्ष खेमराज उप्रेतीले ठूलो पार्टीले काठमाडौँमा महाधिवेशन गर्नु राम्रो पक्ष भएको बताउनुभयो । उहाँले काठमाडौँका तारे होटलदेखि पर्यटकस्तरीय होटल प्रतिनिधि र शुभेच्छुकका कारण भरिभराउ भएको जानकारी दिनुभयो ।

कोरोनाका कारण लामो समयसम्म पाहुनाविहीन बनेका व्यवसायी अहिले कोरोना केही मत्थर हुँदै गएको, पहिले जस्तै विभिन्न बैठक, भेला, सम्मेलन, गोष्ठीका साथै पार्टीका महाधिवशेन पनि हुन थालेपछि खुसी देखिएका छन् । सङ्घअन्तर्गत राजधानीमा करिब ४०० होटल रहेका छन् । अध्यक्ष उप्रेतीले सङ्घ आबद्ध कोटेश्वर, एयरपोर्ट, तिलगङ्गा, गौशाला, चाबहिल, बत्तिसपुतली, ज्ञानेश्वर, लाजिम्पाटलगायत होटल महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकका कारण खचाखच भरिएका बताउनुभयो ।

सो क्षेत्रका होटल अहिले शतप्रतिशत ‘अकुपेन्सी’मा चलेका छन् । “सबै होटल भरिएका छन्, कोठा खाली छैनन्, यो सुखद् पक्ष हो”, उपाध्यक्ष उप्रेतीले भन्नुभयो, “सबै होटलले स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गरेका छन् ।”

महाधिशवेनका कारण पर्यटन व्यवसायी उत्साहित

लामो समय नेपालको पर्यटन क्षेत्र कोरोना महामारीका कारण अस्तव्यस्त बन्यो । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘भ्रमण वर्ष २०२०’ को सुरुआतमै कारोेना महामारीले उग्ररुप लिएको थियो । कोरोनाका कारण आन्तरिक पर्यटकीय गतिविधि पनि ठप्प भएको थियो ।कोरोनाको सङ्क्रमण केही कमी आएको र खोपको उपलब्धतासँगै पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । पछिल्लो समय विदेशी पर्यटकको आवागमनसमेत बढेको छ । आन्तरिक पर्यटन पनि फस्टाउन थालेको छ । राजनीतिक दलका गतिविधिले पनि नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले मङ्सिर दोस्रो साता चितवनको सौराहामा १०औँ महाधिवेशन सम्पन्न ग¥यो । एमालेको महाधिवेनले मध्य नेपाल क्षेत्रको पर्यटन प्रवद्र्धनमा निकै ठूलो भूमिका निर्वाह गरेको पर्यटन व्यवसायीको मत छ ।

विदेशी पाहुनासमेत सहभागी महाधिवेशनका क्रममा विभिन्नि जातजाति, भाषाभाषीका तर्फबाट प्रस्तुत गरिएका सांस्कृतिक झाँकीले पनि नेपालको कला, संस्कृतिको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह पर्यटन व्यवसायीको भनाइ छ ।
कांग्रेसको महाधिवशेनले पनि काठमाडौँको पर्यटन व्यवसायलाई निकै ठूलो सहयोग गरेको सङ्घका उपाध्यक्ष उप्रेतीको भनाइ छ । यहीबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि काठमाडौँमा महाधिवेशनको आयोजना ग¥यो । यस्तै पुसको दोस्रो साता नेकपा माओवादी केन्द्रले काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com