काठमाडौं । आफ्नो सम्बोधन मन्तव्यमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताउनु भयो । अध्यक्ष नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताउनु भएको हो । उहा“ले नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको बताउ“दै राजतन्त्रलाई फेरि शीर उठाउने दुस्साहस नगर्न खवरदारी गर्दै पूर्वराजाले पनि पार्टी खोलेर राजनीतिमा आउन वा व्यापार गरेर बस्न चेतावनी दिनुभयो ।
अध्यक्ष नेपालले नेपाली जनताले नेपालको र राष्ट्रियताको रक्षा गर्न सक्ने भन्दै राजतन्त्र ल्याउने सपना नदेख्न सचेत गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्