काठमाडौं । उदघाटन सत्रमा शुभकामना मन्तव्य दिंदै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही साना दललाई सरकारबाट हटनुपर्ला कि भन्ने चिन्ता लागेको बताउनु भयो । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले पुष्पकमल दाहाल र माधव नेपालप्रति संकेत गर्दै कांग्रेसले औंला छाडलाकि भनेर उनीहरुले सधैं स“गै जानुपर्छ भन्ने गरेको दावी समेत गर्र्नुभयो । उहा“ले स“गै जानुपर्छ भनेको सरकारमात्रै होकि, देश बनाउन स“गै जाने भनेको हो ? भन्न प्रश्न गर्नु भयो । त्यस अवसरमा अध्यक्ष ओलीले कांग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई सरकारको पनि नेता हुन शुभकामना दिनु भयो । देउवा प्रधानमन्त्री मात्रै होईन, सरकारको नेता हुनुपर्ने उहा“को भनाई थियो । अध्यक्ष ओलीले नेपाली काँग्रेसलाई अरुका नीतिका पछाडि नभई आफ्नो नीतिमा चलाउन सक्ने बनाउन पनि सो महाधिवेशन सफल हुने विश्वास व्यक्त गर्नु भयो ।
एमाले अध्यक्ष ओलीले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुकको समृद्धि र विकासका लागि आफ्नो पार्टी नेपाली कांग्रेसलाई साथ दिन सदा तयार रहेको पनि बताउनु भयो । उहा“ले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था फर्काउनपर्छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउ“दै त्यस्ता निधाधार सिद्धान्तको कुरा नगर्न चेतावनी दिनु भयो । अध्यक्ष ओलीले लिङदेनलाई भर्खर अध्यक्ष भएको रापतापमा नागरिकको स्वाभिमाननै छाडिदिने खालको, नागरिकबाट कोही नेता हुन सक्दैनन् भन्ने खालको अभिव्यक्ति आएपनि केही समयमै ठेगान लाग्ने दावी पनि गर्नु भयो । अध्यक्ष लिङदेनको सो भनाईप्रति व्यंग्य कस्दै अध्यक्ष ओलीले भर्खरभर्खर जन्मेको बाछो हिंडन नजान्ने तर बढि कुद्ने गरेको भन्दै व्यंग्य गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो गौरवपूर्ण इतिहासलाई कायम राखेर अघि बढन पनि नेपाली कांग्रेसलाई आग्रह गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्