ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक सातामा सिरहा र सप्तरीमा चिसोको कारण १० जनाको मृत्यु


एबीसी न्यूज

काठमाडौं, २३ पुस ।  देश भर बढ्को चिसो सगै शीतलहरका कारण सप्तरीमा सात र सिरहामा तीनजनाको मृत्यु भएको छ । चिसो बाट मृत्यु हुनेमा सिरहा गोलबजार नगरपालिका–२ का ७० वर्षीय रामप्रसाद महतो र वडा नम्बर ४ का ६ वर्षीय लवकुमार साहको शनिबार मृत्यु भएको हो । त्यसैगरी, धनगढीमाई नगरपालिका–७ का ५५ वर्षीय रामरतन महतोको पनि चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, सप्तरीमा चिसोकै कारण सातजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महदेवा गाउँपालिका–२ अकवरपुरका ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका–१० झल्हीका ६५ वर्षिया कैलीदेबी खंग र वडा नम्बर–२ का ६० वर्षीय नाजो बेगम रहेका छन् । यसअघि छिन्नमस्ता गाउँपालिका–१ वरहीका ३५ वर्षीय रामदयाल राम, वीरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोकै कारण मृत्यु भएको थियो । अत्यधिक चिसोले बिरामीको संख्यासमेत बढ्दै गएको छ । अस्पतालहरुमा चिसोबाट प्रभावित भएकाको भीड लागेको छ ।

शितलहरका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएको छ । विद्यार्थी विद्यालय आउन नसकेपछि जिल्ला शिक्षा कार्यालयले सप्तरीका सबै ४ सय १२ ओटै सामुदायिक विद्यालय २६ गतेसम्मका लागि बन्द गराएको छ । निजी विद्यालय पनि बन्द गर्ने तयारी भइरहेको प्याब्सनका जिल्ला अध्यक्ष पञ्चदेव यादवले जानकारी दिए । महोत्तरीमा पनि एक सातादेखि बढेको बाक्लो हुस्सु र शितलहरले जनजीवन प्रभावित बनेको छ ।

बढ्दो शितलहरका कारणले जिल्ला शिक्षा कार्यालयले सामुदायिक विद्यालयमा एकहप्ता विदा दिने निर्णय गरेको छ । कार्यालयले निजी विद्यालयमा पनि बिदा दिन आह्वान गरेको छ । स्थानीय तहहरुले चिसो र शितलहरबाट राहतका लागि ठाउँ–ठाउँमा आगो ताप्ने व्यवस्था गर्न दाउराको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले दलित वस्तीमा न्यानो कपडासमेत वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com