काठमााडौं २७ असार ।
‘व्यवस्थित परिवार समृद्धिको आधार’ भन्ने मूल नाराका साथ नेपालमा पनि विश्व जनसंख्या दिवस मनाईदैछ ।
विश्व जनसंख्या दिवसकै दिन आज जनसंख्या तथा वातावरण मन्त्रालयले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख ओनसरी घर्तीले व्यवस्थित परिवारबाट मात्रै समृद्ध नेपाल र नेपालीको परिकल्पना गर्न सकिने बताउनुभयो । उहाँले परिवार व्यवस्थित बनाउन महिला र पुरुषलाई संविधानले नै समान अधिकार दिएको बताउँदै त्यसलाई उपयोग गरेर अघि बढ्न सबै प्रतिवद्ध हुनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । सभामुख घर्तीले व्यवस्थित परिवार बनाउन सबैलाई आ– आफ्नो ठाउँबाट योगदान गर्न पनि अपिल गर्नुभयो ।
जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले जनसंख्या, वातावरण र विकासबीच मेल गराएर मुलुकलाई समृद्ध बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभयो । उहाँले जनसंख्या व्यवस्थापनका लागि सरकारले जनसंख्या मन्त्रालयको कूल बजेटको १७ प्रतिशत लगानी गर्ने योजना बनाएको पनि स्मरण गराउनुभयो । सचिव ओलीले जनसंख्याको व्यवस्थापनबाट मात्रै दिगो विकासको लक्ष्य हासिल हुने भएकाले सरकारले जनसंख्या व्यवस्थापनसम्बन्धि रणनीति तय गरि काम गरिरहेको पनि बताउनुभयो ।
कार्यक्रममा जनसंख्या व्यवस्थापनमा उल्लेखनीय योगदान दिएकाहरुलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्