कर्णाली । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाउनु भएको छ ।
आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी उहाले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए ।
सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गर्नुभयो । आजको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु भने सहभागी थिएनन् । मुख्यमन्त्री शाहीलाई उहा“को दल नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका छन् ।








प्रतिक्रिया दिनुहोस्