ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा ?


एबीसी / संवाददाता
मंसिर १५, २०७८ बुधबार  २ : ५७ बजे

काठमाडौँ  । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प्रारम्भ भएको हो ।

उक्त प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका छन् । तीमध्ये संयुक्त नौवटा र एकल दुईवटा इजलास गठन भएका छन् ।

कुन न्यायाधीशका इजलासमा कस्ता मुद्दा छन् ?

न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा सबैभन्दा कम एक थान मुद्दा छ । उहाँको इजलासमा मिलापत्रको आदेश संशोधन गरी पाऊँ भन्ने कृष्णबहादुर तामाङ्को मुद्दा परेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ । जसमा बन्दीप्रत्यक्षीकरण, अंश, फैसला बदर, हर्जाना क्षतिपूर्ति दिलाई पाऊँ, किचलो मेटाई हक कायम, अपुताली हक कायमजस्ता मुद्दाहरु परेका छन् ।

न्यायाधीशहरु दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा १६ थान मुद्दामा पेसी तोकिएको छ । त्यसमा बन्दी र अन्य विविध खालका मुद्दाहरु रहेका छन् । न्यायाधीशहरु हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा २८ थान मुद्दाको पेसी परेको छ । न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरु अनिलकुमार सिन्ह र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ ।

न्यायाधीशहरु प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा १७ थान मुद्दा, न्यायाधीशहरु सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा १९ थान मुद्दा, न्यायाधीशहरु तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा २० थान मुद्दामा पेसी तोकिएको छ ।

त्यस्तै, एकल इजलासहरुमा न्यायाधीश मीरा खड्काको एकल इजलासमा १६ थान र न्यायाधीश कुमार चुडालको एकल इजलासमा १५ थान मुद्दामा गोला प्रक्रियाबाट पेसी तोकिएको छ । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।

गोला प्रक्रियामा कसरी तोकिन्छ पेसी ?

सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने कानूनी व्यवस्था थियो । आजदेखि त्यो प्रक्रियाको अन्त्य भएर गोलाप्रक्रियाबाट पेसी तोक्न सुरु गरिएको छ ।

“गोलाप्रक्रियामा सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रारले साप्ताहिक रुपमा पेसी तयार गरी शुक्रबार प्रकाशन गर्नुहुन्छ,” सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भन्नुभयो, “मुद्दाको प्रकृतिअनुसार छुट्याएको हुन्छ, बिदामा कति न्यायाधीशहरु रहने, एकल, संयुक्त र बृहत् कति इजलास गठन गरिन्छ त्यसै बमोजिम हुन्छ ।”

प्रवक्ता दाहालका अनुसार कुन कुन न्यायाधीश कुन इजलासमा पर्ने भन्ने कुरामा पहिला गोला टिपिन्छ । उपस्थित सबै न्यायाधीशहरुले गोला तान्नुहुन्छ । दुईवटा मात्र एकल इजलास हुने भएकाले अ र आ भनेर सङ्केत गरिएको छ । बाँकी गोला खाली राखिन्छ । दुई न्यायाधीश त्यहाँ रहनुहुन्छ । बाँकी न्यायाधीशहरुको संयुक्त इजलासका लागि तय गरिन्छ ।“जोर गतेका लागि १ देखि १० सम्म वरिष्ठ न्यायाधीशले गोला तान्नुहुन्छ, र बाँकी कनिष्ठ न्यायाधीश गोलाबाटै लिनुहुन्छ”–उहाँले थप्नुभयो, “बिजोर गतेका दिन जुनिएर मध्येको सिनियर न्यायाधीशहरुले गोला तान्नुहुन्छ र गोलाबाट सिनियर न्यायाधीश तान्नुहुन्छ ।”

यो प्रक्रियामा थैलीमा मुद्दाका लागि क देखि क्रमशः मुद्दाअनुसार गोलाहरु राखिएको हुन्छ । संयुक्त इजलासका न्यायाधीशहरु एकले गोला तान्नुपर्ने हुन्छ र सुनुवाइ प्रारम्भ हुन्छ । श्रीलङ्का, युरोपेली मुलुकहरुमा अटोमेसन ९स्वचालित० प्रणालीको प्रयोग भएको छ । नेपालमा पनि सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा अटोमेसनकै कुरा छ । अटोमेसन लागू नभएसम्मका लागि गोलाप्रक्रियबाट पेसीको व्यवस्थापन र सुनुवाइ गरिएको हो ।

स्वच्छ सुनुवाइको राम्रो अभ्यास हो : वरिष्ठ अधिवक्ता डा ज्ञवाली

वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीका अनुसार अटोमेसन प्रणाली सुरु नगर्दासम्म गोलाप्रक्रियाबाट इजलास र मुद्दाको पेसी तोक्दा स्वच्छ सुनुवाइ हुन्छ । “प्रधानन्यायाधीशले मुद्दाको व्यवस्थापनबाट टाढा नै रहनुपर्छ भन्ने सिद्धान्त नै छ । विश्वका धेरै मुलुकमा अटोमेसनको अभ्यास छ” उहाँले भन्नुभयो,“न्यायानधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा अटोमेसनबाटै गर्नुपर्ने छ तर उक्त प्रक्रियाको प्रारम्भ नभएसम्म गोलाप्रक्रियाबाट मुद्दाको स्वच्छ सुनुवाइको राम्रो अभ्यास हो ।

नेपाल बार एसोसिएसनले मङ्गलबार प्रेस विज्ञप्तिमार्फत गोलाप्रक्रियाबाट इजलास र पेसी व्यवस्थापन गर्ने कार्यको स्वागत गरेको छ । यद्यपि, कतिपय बारमा आवद्ध कानून व्यवसायीले पनि गोलाप्रक्रिया नै स्वच्छ सुनुवाइको उचित मार्ग होइन भनेका छन् । प्रधानन्यायाधीशहरुसहित सर्वोच्च अदालतका न्यायाधीशहरुको यही मङ्सिर ८ गते बसेको पूर्ण बैठक ९फूलकोर्ट० ले आजदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

सम्बन्धित

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com