ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पपीडितको कहर ६ वर्ष बित्दासमेत उस्तै, पुन: निर्माण अझै कागजमै


एबीसी / संवाददाता

काठमाडौं । भूकम्पले चर्काएर उच्च जोखिमको सूचीमा परेकोे एक सरकारी भवन भूकम्प गएको ६ वर्ष बित्दासमेत पुनःनिर्माण सुरु भएको छैन । भूकम्पपछिको प्राविधिक मूल्याङ्कनमा रातो स्टिकर टाँसेको भवन प्राविधिक हिसाबले तत्कालै छोड्नुपर्ने हुन्छ । तर २०७२ सालको भूकम्पपछि रातो स्टिकर टाँसेको भवनबाट हालसम्म उक्त कार्यालयले सेवा दिइरहेको छ । भूकम्पपछि सरकारले अधिकांश कार्यालय र घरहरु पुनःनिर्माण गरिसकेको भए पनि उच्च अदालत पोखरा बागलुङ इजलासले त्यही रातो स्टिकर टाँसेको भवनबाट न्याय सेवा दिइरहेको छ ।

काठ र इँटाबाट बनेको उच्च अदालतको भवन भूकम्पका कारण चर्किए पनि अदालतले न्याय सम्पादनको विकल्प नपाउँदा जोखिमयुक्त भवनबाट न्याय सेवा दिइरहेको छ । अहिले अदालतको प्राङ्गणमा इजालास निर्माण गरेको छ भने अन्य सेवा जीर्ण भवनबाटै दिइरहेको छ । अदालतको भवन निर्माणका लागि लामो समय बजेट विनियोजन हुन नसक्दा अहिलेसम्म जोखिम मोलेरै सेवा दिइरहेको छ । सरकारले बल्ल उच्च अदालतको भवन पुनःनिर्माणका लागि यो आर्थिक वर्षमा बहुवर्षे योजनामा समावेश गरेको उच्च अदालत पोखरा बागलुङ इजलासले जनाएको छ ।

विसं २०७२ को भूकम्पले चर्काएर रातो स्टिकर टाँसेको उच्च अदालत पोखरा बागलुङ इजलासको भवन बनाउन ढिलो गरी निर्माणको प्रक्रियामा पुगेको भए पनि अदालतलाई कहाँ सार्ने भन्ने विषयमा समस्या भएको उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो । “अस्थायी ट्रसको छाप्रोमा दुई इजलास बनाएर काम चलाएका छौँ, जीर्ण भवनमा तीन इजलास थिए, भवनको उपल्लो तला चर्किएकाले खाली गरेका छौँ, तर तल्लो तलाबाट बाध्यात्मक भएर सेवा प्रवाह भइरहेको छ,” रजिष्ट्रार भुसालले भन्नुभयो, “अहिले भवन निर्माणको प्रक्रिया अगाडि बढेर बजेटसमेत विनियोजन भएको छ तर अदालते भवन बन्दासम्म सेवा दिने स्थान खोज्नै सकस भएको छ ।”

अहिले अदालत भइरहेको भवनमा नयाँ भवन बनाउनका लागि भूकम्प गएको ६ वर्षपछि बहुवर्षे योजनाअन्तर्गत रु चार करोड विनियोजन भइसकेको छ । तर भवन निर्माण नहुन्जेल अदालतले कहाँबाट सेवा दिने भन्ने अन्योल रहेको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश द्वारिकामान जोशीले बताउनुभयो । “आवासको व्यवस्थापन त भाडाको घरबाट गरौँला तर न्याय सम्पादनका लागि इजलास निर्माण गर्न ठूलो कोठा चाहिन्छ त्यस्तो उपयुक्त घर खोजिरहेका छौँ,” मुख्य न्यायाधीश जोशीले भन्नुभयो, “भवन बनाउन दुई वर्ष जति लाग्ला त्यति समयका लागि न्याय सम्पादन झनै समस्याका बाबजुद दिनुपर्ने अवस्था छ ।” नयाँ भवन अत्याधुनिकसहित ६ वटा इजलाससहितको हुने जोशीको भनाइ छ । अहिले भवनका लागि नक्सा फाइनलको तयारीमा रहेको छ ।

नक्सा फाइनल भएर आएपछि बल्ल ठेक्का प्रक्रियामा जाने उच्च अदालत पोखरा बागलुङ इजलासको भनाइ छ । भूकम्ले चर्काएको भवनबाट न्यास सम्पादन गर्दा न्यायका लागि अदालत आउने सेवाग्राही र न्याय दिनेहरुलाई समेत समस्या भइरहेको छ । उनीहरुले जोखिम मोलेरै भए पनि न्याय सम्पादन गरिरहेका छन् । कहीँ कतै नभए सार्वजनिक जग्गामा ट्रसको छाप्रो हालेर भए पनि न्याय सम्पादन गर्ने गरी भवन निर्माणलाई अगाडि बढाउने अदालतको योजना रहेको छ । जिल्ला समन्वय समितिको भवनबाट सेवा दिनका लागि अदालतले केही कोठा मागे पनि समन्वयले इन्कार गरिहरहेको छ । अन्य विकल्पको खोजी भइरहेको र भवन निर्माण थाल्दासम्म अदालतले अस्थायी रुपमा अन्यत्रैबाट सेवा दिन थाल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com