काठमाडौं । चिनिया“ कम्युनिष्ट पार्टी (सीपीसी)ले नेपालको महत्वपूर्ण वामपन्थी शक्तिको रुपमा एमालेले विकासको मार्ग पहिल्याउ“दै उल्लेखनीय उपलब्धि हासिल गरेको बताएको छ ।एमालेको १० औं महाधिवेशनमा सन्देश पठाउँदै सीपीसीले यस्तो धारणा राखेको हो । सीपीसी केन्द्रीय कमिटीको तर्फबाट पठाइएको भिडियो सन्देशमा एमाले र अन्य वामपन्थी दलहरूबीचको सम्बन्ध सुदृढ गर्न चाहेको उल्लेख छ । राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि विकास र समझेदारीका क्षेत्र र दुईपक्षीय सम्बन्धमा थप उचाइको सम्बन्ध स्थापित भएको सन्देशमा उल्लेख छ । ‘सीपीसीले हालै एकसय वर्ष मनाएको क्रममा शताब्दी लामो प्रयासका प्रमुख उपलब्धीहरूको समीक्षा गरेको भन्दै सन्देशमा ती उपलब्धि र सिकाइहरूलाई हामी आदानप्रदान गर्न चाहन्छौं भनिएको छ ।
यस्तै, जर्मन सोसियल रूलिङ पार्टीले आफ्नै महाधिवेशन भएकाले महासचिव उपस्थित हुन नसकेको र एमालेको महाधिवेशन सफल होस् भनेर शुभकामना पठाउनुभएको छ ।कम्युनिस्ट पार्टी अफ इण्डिया, फ्रेन्च कम्युनिष्ट पार्टी, पीटिबी, बेल्जियम श्रमिक पार्टी , बंगलादेश क्रान्तिकारी मजदुर पार्टी, म्यानमारको संघीय ऐक्यबद्धता तथा विकास पार्टी, ग्रिस कम्युनिष्ट पार्टी, रूसी कम्युनिष्ट पार्टी, जापानिज कम्युनिष्ट पार्टी, जापानिज कम्युनिष्ट पार्टी, श्रीलंका कम्युनिस्ट पार्टी, सिनफिन इन्टरनेसन, आयरल्यान्ड, सत्तारूढ पार्टी, आइक्याप, अध्यक्ष महासचिव, एसियन पार्टीहरूको संस्थालगायतले शुभकामना दिनुभएको छ ।








प्रतिक्रिया दिनुहोस्