गुल्मी । विवाद समाधानका लागि शनिबार बसेको बैठकले आइतबार बिहान ९ बजेबाट मतदान सुरु गर्ने निर्णय गरेको जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताउनुभयो । जिल्ला सभापतिका लागि खिलध्वज पन्थी र बेदबहादुर थापा मगर उम्मेदवार रहनुभएको छ ।
सभापति पदका लागि जिल्लाको ११ वटा स्थानीय तहका प्रतिनिधिले भने मतदान गरिसकेका छन् । मतदान सकिएको क्षेत्रका मतपेटिका पार्टी कार्यालयमा राखिएको छ । सभापति पदमा उम्मेदवारी दिने पन्थी हालका जिल्ला सचिव हुन् भने मगर महाधिवेशन प्रतिनिधि रहनुभएको छ ।जिल्ला कार्यसमितिका अरु पदमा भने मतदान भइसकेको छ । २ उपसभापति पदका लागि अनन्तराम पौडेल, शिबबहादुर खत्री, झबिन्द्र बिश्वकर्मा, सुर्दशन खनाल र बिष्णुकुमारी सापकोटा प्रतिस्पर्धामा रहेका छन् । दुईजना जिल्ला सचिव पदका लागि पृथ्वीबहादुर फौजदार, जगदिश भट्टराई, भगतसिंह खड्का, थम्मनबहादुर केसी र पूर्ण केसी प्रतिस्पर्धामा छन् । दुईजना जिल्ला सहसचिव पदका लागि धर्मराज पाण्डे, रेशम कुँवर, छविलाल पाण्डे र निरज मरासिनी प्रतिस्पर्धामा रहनुभएको छ ।
७ पदाधिकारीसहित ४५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा जिल्ला सदस्य पदमा ५० भन्दा बढीले उम्मेदवारी दिनुभएको छ
। जिल्ला कोषाध्यक्ष भने जिल्ला कार्यसमतिले पछि मनोनित गर्नेछ । गुल्मी जिल्ला अधिवेशनको केन्द्रीय सदस्य डा। चन्द्र भण्डारीले उद्घाटन गर्नुभइको थियो ।








प्रतिक्रिया दिनुहोस्