काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट १ सय ९७ जना र एन्टिजेन परीक्षणबाट १६ जनामा संक्रमण पाइएकोे हो ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ४ हजार ९ सय ७ पीसीआर र १ हजार ७ सय २५ एन्टिजेन परिक्षण गरिएको थियो । यसैगरी विगत २४ घण्टामा ३ सय २५ जना संक्रमित निको भएका छन् । त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा ३ जनाको निधन भएको छ । हाल देशभर गरी ७ हजार १ सय ५६ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्