काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट २ सय ८१ जना र एन्टिजेन परीक्षणबाट २७ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ७ हजार १ सय ४ पीसीआर र १ हजार ८ सय ५ एन्टिजेन परिक्षण गरिएको थियो । यसैगरी विगत २४ घण्टामा २ सय ९८ जना संक्रमित निको भएका छन् । त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा ३ जनाको निधन भएको छ ।
आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ३० जना छन् । जसमा काठमाडौंमा ७८ जना, ललितपुरमा ३६ जना र भक्तपुरमा १६ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर गरी ७ हजार ३ सय ४९ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्