ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रहदशा बिग्रेकाले निर्वाचनमा पराजय भएं – थापा


एबीसी न्यूज

काठाडमाडौँ,२२ पुस । राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पराजयको कारण ‘ग्रहदशा’ रहेको बताएका छन्। तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले आफ्नो ग्रहदशा ठीक नभएका कारण पराजय भोगेको सुनाए। उनले भने, ‘मेरो ग्रहदशा ठीक थिएन। त्यसैले निर्वाचन हारेँ।’

करिब डेढ सयभन्दा बढी सदस्य सहभागी हल खचाखच भरिएको थियो। पार्टी अध्यक्षले नै ग्रहदशा बिग्रेकाले चुनाव हारेको बताएपछि केन्द्रीय सदस्यहरू गलल हाँसे। पार्टी अध्यक्ष थापाले अगाडि भने, ‘तपाईंहरू हाँस्नुभयो तर यो सत्य हो।’ उनले आफ्नो भनाइ थप पुष्टि गर्दै भने, ‘मलाई चुनावअघि ज्योतिषीले तपाईं चुनाव नलड्नुस् भनेकै हुन् तर मैले त्यसलाई विश्वास नगरेर उम्मेदवारी दिएँ।’

आफूलाई सुरुमा ज्योतिषीको भनाइमा विश्वास नलागेको भन्दै उनले कांग्रेससँग गठबन्धन भएका कारण चुनाव जित्नेमा विश्वस्त रहेको सुनाए। ‘ज्योतिषीको भनाइ गलत सावित गर्न चुनाव लडेँ तर पराजित भएँ’, उनले बैठकमा भने, ‘ग्रहदशा बिग्रेकै कारण चुनावमा हारियो।’

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पराजयको नैतिक जिम्मेवारी आफूले लिने भन्दै नेतृत्व भने नछाड्ने बताए। उनले भने, ‘पार्टी पराजित भएपछि केही समयका लागि पद छाड्ने मनसाय मैले बनाएको थिएँ तर केन्द्रीय सदस्यहरूले मेरै नेतृत्वको आवश्यकता खोजेपछि मैले त्यो मनसाय त्यागेको छु। यद्यपि, तपाईंहरूमध्ये अधिकांशले मेरो राजीनामा माग्नुभएको छ।’ अन्नपूर्णबाट 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

विद्या भण्डारीको देशव्यापी हाइकमाण्ड संयन्त्रमा को को छन् ?

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com