ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेसको प्रदेश नं १ को अधिवेशन मङ्सिर १६ मा हुने


एबीसी / संवाददाता

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशन यही मङ्सिर १६ गते हुने भएको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस प्रदेश नं १ अधिवेशन आयोजक समितिका संयोजक कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा आज बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले कांग्रेस प्रदेश नं १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका–९ जहदा रोडमा रहेको सिद्धी पार्टी प्यालेसमा हुने निर्णय भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

संयोजक कृष्णप्रसाद सिटौलाले अधिवेशनका लागि आवासलगायत सबै व्यवस्थापनको जिम्मा कांग्रेस मोरङ समितिको रहने, अधिवेशन सम्पन्न गर्न कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू संयोजक, भीम पराजुली सहसंयोक र केन्द्रीय सदस्य अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ समिति गठन भएको छ । अधिवेशनको प्रचारका लागि कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला संयोजक, नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिलावल्लभ घिमिरे सदस्य सचिव रहेको प्रचार समितिको सदस्यमा प्रेस युनियनका प्रदेश १ का सचिव धनबहादुर पुरी, युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत, निवर्तमान अध्यक्ष कुमार लुइँटेल र सुनसरीका अजित झा छन् ।

कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश नं १ का १४ जिल्लाका २८ सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष र सङ्घीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दरले ७०० महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना कांग्रेसका केन्द्रीय सदस्य साथै भ्रातृ संस्था र शुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका मतदात हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रदेश अधिवेशन बनाइएको आयोजक समितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रदेशसभा संसदीय दलका नेता, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सदस्य रहने व्यवस्था गरिएको छ ।

पत्रकार सम्मेलनमा अधिवेशन प्रचार समितिका संयोजक राजीव कोइरालाले कांग्रेस संविधानमा व्यवस्था भएबमोजिम सङ्घीयतामा पार्टी प्रवेश गर्न लागेको यो ऐतिहासिक अधिवेशन भव्य र सभ्यरुपमा सफल बनाउन सञ्चारकर्मीले प्रचारप्रसार सहयोग पु¥याई दिन आग्रह गर्नुभयो । कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले आफूले जिल्ला अधिवेशनका लागि सभापतिको उम्मेदवारी दिने घोषणा गर्दै यो अधिवेशनले पार्टीको सङ्गठन बलियो बनाउन र सबै कार्यकर्ता तथा समर्थकको मनोबल उच्च बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com