ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्वन्द्वपीडित भन्छन् : न्याय पाएनौं


एबीसी / संवाददाता
मंसिर ८, २०७८ बुधबार   ५ : ३१   बजे

देउखुरी । द्वन्द्वपीडितलाई न्याय पाउन ढिलाइ भएको गुनासो छ घोराही –१४ का निर्मला थापाको । उहाँका श्रीमान् नेपाल प्रहरीमा जागिरे हुनुहुन्थ्यो अवकास प्राप्त गर्न केही समय बाँकी हुँदा द्धन्दका बेला उहाँको हत्या भयो । त्यो बेलाको घटना सम्झदा निर्मला बेलाबेला मुर्छित् हुने गरेको बताउनुहुन्छ ।

श्रीमानको निधनपछि बालबच्चा घरपरिवार सबैको जिम्मा निर्मलालाई आयो । “श्रीमान् गुमाउदाको पीडा त छदैछ समाजले लगाउने लाल्छानाले झनै पीडा दिने गरेको छ”, उहाँले भन्नुभयो । छानबिन समिति बन्यो तर श्रीमान्को विषयमा केही पत्तो लागेको छैन । निर्मलाले शान्ति सम्झौ ताको १५ वर्ष पुग्दा पनि सङ्क्रमणकालीन न्याय टुङ्गोमा नपुगेको बरु द्वन्द्वपीडितलाई नै  कतिपयले कमाइ खाने भाँडो बनाएकोमा आक्रोश समेत पोख्नुभयो । नाम मात्रैका छानबिन आयोग बनाउने अनि कार्यकर्तालाई पदाधिकारी बनाएर जागिर खुवाउने काम भएको आरोप लगाउँदै  उहाँले छानबिनको टुङ्गो नलाग्दा आफूहरुजस्ता माथि अझै अन्याय भएको गुुनासो गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिका–१५ का महेश चौधरीका बुबा द्वन्द्वका समयमा बेपत्ता हुनुभयो । अहिले बुबाको नाममा भएको जग्गा आमाको नाममा नामसारी गर्नुपर्ने छ । मृत्यु दर्ताको प्रमाणपत्र भए मात्रै जग्गा नामसारी हुन्छ भन्छन् । “सम्बन्धित निकायले बुबाको अवस्था अहिलेसम्म अज्ञात छ, बेपत्ताको मृत्यु दर्ता कसरी गर्नु रु मृत्युको प्रमाण छैन भन्छन्”, उहाँले भन्नुभयो । राज्यले बेपत्ता पारिएका नागरिकको स्थीति के छ भनेर पत्ता लगाउनका लागि आयोग गठन ग¥यो तर आयोगले काम नगर्दा पीडित परिवारले आफन्तको सत्यतथ्य अवस्था थाहा पाउन नसक्दा परिवार झनै पीडामा परेका उनीहरुको भनाइ छ ।

अज्ञात व्यक्तिको मृत्यु दर्ता कसरी बनाउने, कि सरकारले मृत्यु भएको भनेर भन्नुपर्ने हो, होइन भने नामसारीमा समस्या भएकाले अन्य घरायसी काममा समस्या परेको महेशले बताउनुभयो । द्वन्द्वका समयमा बेपत्ता भएकाको छानबिन तथा खोजी गर्ने कामले पूर्णता नपाउदा हजारौं बेपत्ता परिवारको आँखा ओभाउन नसकेको उहाँको भनाइ छ । विस्तृत शान्ति सम्झौता भएको मङ्सिर ५ गते १५ वर्ष पुगेको छ । तर पनि द्वन्द्वपीडितका घाउ जस्ताका त्यस्तै छन् । नेपालमा चलेको १० वर्षीय सशस्त्रद्वन्द्वका समयमा सरकार पक्ष र विद्रोही पक्षबाट कतिपय बेपत्ता भए, मारिए र कैयौ घाइते एवम अपाङ्गता बनेका छन् । अहिले पनि न्यायका लागि पीडित पक्षले आन्दोलन गर्नु परिरहेको पीडितहरुको भनाइ छ ।

घोराही –१५ का चुमा आचार्यका श्रीमान् पेशाले शिक्षक हुनुहुन्थ्यो । दाङबाट कार्यक्षेत्र मुगु जाँदै गर्दा बाटोबाटै बेपत्ता हुनुभयो । उहाँ बेपत्ता श्रीमान्को खोजीका लागि अहिलेसम्म पनि भौतारीरहनुभएको छ । मृत्यु भएको भन्ने प्रमाण फेला नपरेकाले उहाँ श्रीमान् आउने आसामा बस्नुभएको छ । श्रीमान्को नामको सिन्दुर, पोते र चुरा लगाइरहनुभएको छ ।
जनगणनाका लागि घरमा आएका गणकले श्रीमान् नभएको भए बिधवा त भन्नुप¥यो भनेर लेखिदिँदा चित्त दुखेको आचार्यले बताउनुभयो । समयमै   निर्देशित काम हुन नसक्दा द्वन्द्वपीडितले राज्य र समाजबाट विभिन्न दुव्र्यवहार र हिंसा खेप्नुपरेको उनीहरुको गुनासो छ ।

विस्तृत शान्ति सम्झौतापछि सेना समायोजन र संविधान लेखनको काम पूरा भए पनि महत्वपूर्ण ठानिएको पीडितसँग प्रत्यक्ष सरोकार राख्ने सङ्क्रमणकालीन न्याय निरूपणको काममा भने डेढदशक पूरा हुँदासमेत उल्लेखनीय प्रगति हुन सकेको छैन । शान्ति सम्झौ ता भएको ६० दिनभित्रमा बेपत्ता नागरिकको अवस्थाबारे छानबिन गरी सम्बन्धित परिवारलाई जानकारी गराउने उल्लेख छ । तर १५ वर्ष बित्दा पनि पीडितले न सत्य थाहा पाउन सकेका छन् न त न्याय र परिपूरण ।

द्वन्द्वकालीन घटनाबारे सत्यतथ्य बाहिर ल्याउने, पीडितलाई क्षतिपूर्ति दिने, मानवअधिकार हनन् गर्नेलाई कारबाही गर्ने भनिए पनि त्यो अझै पूरा हुनसकेको छैन । त्यनसले गर्दा तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा पीडित परिवारले अहिलेसम्म राहतको अनुभूति गर्न नसकेको पीडितहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group