काठमाडौं । नेकपा एमालेको दशांै महाधिवेशनको उदघाटन समारोहका दिन सार्वजनिक तथा निजी गाडीहरूलाई पूर्व–पश्चिम राजमार्गमाअन्तर्गत नारायणगढ बजार क्षेत्रभित्र सञ्चालन नगर्न जिल्ला प्रशासन प्रशासन कार्यालय चितवनले आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीहरू प्रवेशमा रोक लगाउन लागेको हो । अधिवेशनका दिन मानिसहरूको भिड व्यवस्थापन चुनौतीपूर्ण हुने देखेपछि भिड व्यवस्थापनका लागि र अधिवेशनमा आउनेलाई सहज रूपमा कार्यक्रमको पहु“च दिनका लागि आफूहरुले अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउनुभयो । कार्यक्रमस्थल हुने क्षेत्रनजिकका सडकमा पहिले पनि सडकजाम हुने गरेकोले त्यसैले मंसिर १० गते बिहान १० बजेदेखि करिब ५ बजेसम्म पश्चिम नेपालबाट आउने गाडीहरूलाई पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रमा, पूर्वबाट आउने गाडीहरूलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा, काठमाडौं वा पोखराबाट मुग्लिन हु“दै यात्रा गर्ने गाडीहरूलाई आ“पटारी र पूर्वबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकदेखिभित्र सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह यही मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा ह“ुदै छ भने बन्द सत्र चितवनको सौराहामा ह“ुदै छ । नेकपा एमालेले महाधिवेशन उद्घाटन समारोहमा पा“च लाख मानिस उतार्ने घोषणा गरेको छ ।








प्रतिक्रिया दिनुहोस्